LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

बुटवलको देवीनगरमा नवीन औद्योगिक कदरबहादुर रीता माध्यमिक विद्यालय देवीनगरको ४९ औँ वार्षिकउत्सव तथा अभिभावक दिवस सोमबार सम्पन्न भएको छ ।

उक्त अवसरमा प्रमुख अतिथि बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले विद्यालयले प्राप्त गरेका उपलब्धिप्रति खुसी व्यक्त गर्दै नवीनमा धेरै विद्यार्थी र अभिभावकको दृढ विश्वास बढ्दै गएको र विद्यालयको भौतिक पूर्वाधार विकासमा बुटवल उपमहानगरपालिकाले सहयोग गरिरहेको बताउनुभयो ।

बुटवल उपमहानगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष रामचन्द्र क्षेत्रीको अध्यक्षतामा भएको समारोहको सञ्चालन कानुन समूह इन्चार्ज अधिवक्ता लोकप्रसाद खरेलले गर्नुभएको थियो ।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ रूपन्देहीका इकाइ प्रमुख माधव बन्जाडे, पूर्व जिल्ला शिक्षा अधिकारी भोजबहादुर के.सी., नेपाली कांग्रेस बुटवलका उपाध्यक्ष ज्योती भण्डारी, ने.क.पा. एमाले बुटवलका अध्यक्ष शोभाखर पोखरेल, ने.क.पा. माओवादी केन्द्र बुटवलका अध्यक्ष तथा विद्यालयका अभिभावक महेन्द्र भुसाल, एकीकृत समाजवादी बुटवलका अध्यक्ष चिनबहादुर गुरुङ, नेपाल शिक्षक महासंघ बुटवलका अध्यक्ष तथा जितेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक उपेन्द्र ज्ञवाली, निवर्तमान अध्यक्ष कृष्णप्रसाद खरेल, नवीन विद्यार्थी क्लबका अध्यक्ष सुभाष पौडेल लगायतले धारणा राख्नुभएको कार्यक्रममा स्वागत मन्तव्य सहायक प्रधानाध्यापक रोमनाथ घिमिरेले गर्नु भएको थियो।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बस्नेतले विद्यालयको भौतिक, शैक्षिक, व्यवस्थापकीय र आर्थिक पक्षको प्रतिवेदन पेश गर्दै आर्थिक वर्ष २०८०÷८१ को कूल १५ करोड ६० लाख ४७ हजार सातसय त्रिसट्ठी रुपैया बराबरको आयव्यय विवरण प्रस्तुत गर्नुभएको थियो ।

उक्त अवसरमा प्रमुख अतिथि बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले नवीन दर्पण २०८१ को विमोचन र ६६ लाख ४७ हजारको लागतमा निर्माण गरिएको दुईतले छात्रवास भवनको समुदाटन गर्नुभएको थियो । उक्त अवसरमा होटल व्यवस्थापन संयोजक आशिष के.सी.को नेतृत्वमा विद्यार्थीहरुले खाना महोत्सव आयोजना गरेका थिए भने सांस्कृतिक संयोजन अर्जुन शाह ठकुरीको नेतृत्वमा कलाकार विद्यार्थीहरुले उत्कृष्ट नृत्य प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय