LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

रुपन्देहीको तिलोत्तमास्थित वनवाटिकामा २०७८ सालमा निर्माण भएको भ्यू टावर प्रयोगबिहीन भएको छ । टावरको २०७८ चैत १५ गते उद्घाटन गरिएको थियो । अहिले टावरको गेटमा ताला लगाइएको छ । १० तलाको टावर निर्माण भए पनि सञ्चालन प्रक्रियाबारे अलमल हुँदा सर्वसाधारण चढ्नै पाएका छैनन् ।

साढे ११ करोड लगानीमा बनेको बहुउद्देश्यीय टावर सञ्चालनमा ढिलाइ हुँदा यसले अहिलेसम्म आम्दानी दिन सकेको छैन । भ्यू टावर अहिलेसम्म सञ्चालन नहुँदा तिलोत्तमा नगरपालिका र शङ्करनगर वन बिहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) ले कुनै पनि लाभ लिन नसकेको शङ्करनगर वनवाटिकाका उपाध्यक्ष खिमलाल पाण्डेयले बताउनुभयो ।

तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणका अनुसार यो भ्यू टावर निर्माण गर्दा नगरपालिकाको ७० प्रतिशत र वनवाटिकाको ३० प्रतिशत लगानी भएको हो ।

दोस्रो चरणको केही कामका लागि संघीय सरकारको बजेटबाट खर्च गरिएको छ । यसको आम्दानी भने नगरपालिकाले ६० प्रतिशत र वनवाटिकाले ४० प्रतिशत लिने यसअघि नै सहमति समेत भएको हो ।

नगरपालिकाबाट एक करोड र संघीय सरकारबाट आएको बजेटबाट पार्किङ र गार्डेन लगायतका निर्माण कार्य भइरहेको छ ।
शङ्करनगर वनवाटिकाभित्र दैनिक सरदर एक हजार पाँच सय आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् । यहाँ रहेका सेडहरुमा पिकनिक (वनभोज) खाने, नाचगान गर्ने, अवलोकन गर्नेहरुको दैनिक भिड लाग्ने गरेको छ । संगै रहेका पार्कहरु, चिडिया खाना यहाँका थप आकर्षक क्षेत्र हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय