LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

राष्ट्रिय जनमोर्चा पार्टीले प्रदेश खारेजीको माग राख्दै राजधानी काठमाण्डौं केन्द्रित आन्दोलनको घोषणा गरेको छ ।
प्रदेशले गर्दा देश नै टाट पल्टिने अवस्थामा पुगेको भन्दै जनमोर्चाले आन्दोलनको घोषणा गरेको हो ।

राष्ट्रिय जनमोर्चा रुपन्देहीले मंगलबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पार्टीका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले देशको अस्तित्व जोगाउनको लागि प्रदेश खारेजी अहिलेको आवश्यकतार रहेको भन्दै काठमाडौं केन्द्रित आन्दोलनको तयारी रहेको जानकारी दिनुभयो ।

जनमोर्चाले चैत्र २४ गतेदेखि ३० गतेसम्म प्रदेश खारेजीको आन्दोलनको घोषणा गरेको उहाँले जानकारी दिनुभयो । प्रदेशको गाईजात्रा देखेर जनता पनि आजित भएको बताउँदै नेता केसीले देशलाई टाट पल्टिनबाट जोगाउनको लागि प्रदेश खारेजीको आवश्यकता रहेको जिकिर गर्नुभयो ।

राष्ट्रिय जनमोर्चा रुपन्देहीले पत्रकार सम्मेलनको आयोजना गरी राजधानी केन्द्रित आन्दोलनको तयारी जिल्लमा भईरहेको जानकारी दिएको हो । जनमोर्चाका जिल्ला अध्यक्ष टानबहादुर केसीले पत्रकार सम्मेलनमा बोल्दै आन्दोलनको तयारीको लागि जिल्लादेखि टोलसम्मको भेला सकिएको र जिल्लामा पर्चा वितरण ,भेटघाट , भित्तेलेखन कार्यलाई तिव्रता दिईएको जानकारी दिनुभयो ।

संघीयता विरुद्धको आन्दोलनको पक्षमा वातावरण तयार पार्न पुस २१ गतेदेखि सुरु भएको सङ्गठनात्मक अभियान फाल्गुन १० गतेसम्म जारी रहने केसीको भनाई रहेको छ । यस्तै आन्दोलन सफल बनाउनेको लागि फाल्गुण ४ गतेदेखि चैत्र १५ गतेसम्म जिल्ला ब्यापी आर्थिक संकलन अभियान सञ्चालन गर्ने राष्ट्रिय जनमोर्चाले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय