LIVE
बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना |

प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवलदेखि गोरुसिङ्गेसम्मको ५० किलोमिटर सडक स्तरोन्नती तथा निर्माण कार्यको शुक्रबार भर्चुअल माध्यबाट शिलान्यास गर्नुभएको छ ।

त्यस अवसरमा भर्चुअल सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवल गोरुसिंगे सडक विस्तारले त्यस
क्षेत्रका जनताको आर्थिक र सामाजिक विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।
शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेलले बुटवल गोरुसिंगे सडक बन्ने भएपछि स्थानीय जनताले खुसीसंगै चिन्ता ब्यक्त गरेको बताउँदै बुटवल नारायणगढ सडकको बेहालको अवस्था यो सडकमा हुन नदिने प्रतिवद्धता जनाउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले विकास निर्माणको काम सरकारको नियमित कामभित्र पर्ने बताउँदै यसलाई अपनत्व दिलाउन सडक क्षेत्रका स्थानीय जनताको समेत महत्वपूर्ण भूमिका रहने उल्लेख गर्नुभयो ।

राजा महेन्द्रको पालामा बि.सं. २०१९ सालमा बनेको बुटवल गोरूसिङ्गे ५० किलोमिटर सडक खण्ड ६२ बर्षपछि विस्तारको काम सुरु भएको हो ।

बुटवल नारायणगढ सडकमा जस्तो जनतालाई सास्ती नहोस भन्ने उद्देश्यले बुटवल गोरुसिङ्गे खण्ड विस्तार गर्दा अहिलेको पिच नभत्काईकन गर्ने पूर्व तयारी छ ।

बुटवल गोरुसिंंगे सडक आयोजना प्रमुख कुशलता न्यौपानेले सडक विस्तार क्षेत्रभित्रका पालिकाहरुबाट जनतालाई सास्ती नहोस् भन्ने उद्देश्यले पहिले दुवै छेउको सडक बनाएपछिमात्र बिचको पिच भत्काउन सुझाव आएकोले सोही अनुसार गर्ने बताउनुभयो ।

चिनियाँ निर्माण कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ गु्रप कर्पोरेसन र चितवनको आशिष निर्माण सेवा जेभीले उक्त सडक विस्तारका लागि १३ अर्ब ५५ करोड ९५ लाख ९६ हजार रुपियाँमा गत असार १३ गते ठेक्का लिएको हो ।

आयोजनाका अनुसार ५० किलोमिटर सडक दुई चरणमा २५÷२५ किलोमिटर गरि विस्तार गर्न लागिएको हो ।
यो सडकमा गाडी गुडाउन मिल्ने ६ वटा अण्डरपास, पैदल यात्रुका लागि १२ वटा अण्डर पास र ११ वटा ओभरहेड ब्रिज, वन्यजन्तु वारपार गर्ने ठाउँमा १९ वटा अण्डर पास बनाइने आयोजनाको भनाई छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय