LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

रातिमा सुरु भएर रातिमै सकिने भडछा महोत्सव मंगलवार रातीदेखि सुरु भएको छ । ११४ औं भड्छा महोत्सव तथा माघे औंसी रात्रीकालीन मेला मंगलवारदेखि विहिवारसम्म तीन दिनसम्म सञ्चालन हुने छ ।

मेलाको लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले मंगलवार अबेर साँझ उदघाटन गर्नुभएको हो ।
रुपन्देही जिल्लाको सैनामैना नगरपालिका –८ भड्छामा लाग्ने मेला भड्छा गाउँ समाज सैनामैना –८ को आयोजनामा भैरहेको छ ।

सैनामैना नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष तथा मेला मूल आयोजक समितिका संयोजक बुद्धिराम चौधरीले भड्छा महोत्सव तथा रात्री माघे आंैसी मेला विगतका बर्षजस्तै यस बर्ष पनि थारु समुदायको सांस्कृतिक पहिचान र स्थानीय कला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यसहित सुरु गरिएको बताउनुभयो ।

परापूर्वकालदेखि चल्दैआएको मेलाको इतिहासको संरक्षण तथा सम्बद्र्धन गर्ने तथा थारु समुदायको बसोबास र पहिचानलाई जोगाई राख्न बर्सेनी भड्छा महोत्सव सञ्चालन गर्दैआएको अध्यक्ष चौधरीले बताउनुभयो ।
मेलामा थारु संस्कृति झल्किने पहिरन, पुरानो सामग्री, थारु समुदायको ऐतिहासिक बडका नाच, झुमरा नाच, थारु परिकारका स्टलहरु, वडास्तरीय झुमरा नाच प्रतियोगिता, विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता, खुला वडास्तरीय भलिबल प्रतियोगिता हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय