LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

लुम्विनी प्रदेशको उद्योग, पर्यटन तथा यातायात मन्त्रालय, पर्यटन विकास परिषदको आयोजनामा आईतवार पाणिनी सम्मेलन तयारीको सम्वन्धमा बुटवलमा सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
पाणिनी संस्कृत भाषाको प्रसिद्ध व्याकरणको उदगम स्थल भएकोले यसको संरक्षण र विकास गर्न सके धार्मिक पर्यटक भित्रयाई आर्थिक उपार्जन गर्न सकिने कुरामा सहभागीहरुले जोड दिएका छन । पर्यटनको आधार संस्कृति र प्रकृति हो भन्ने मान्यता स्थापित गर्नका लागि प्रदेश सरकारले पाणिनी सम्मेलनको आयोजनको तयारी गरेको मन्त्रालयका वरिष्ठ शाखा अधिकृत गणेश घिमिरले बताउनु भयो । लुम्विनी प्रदेशमा रहेका सम्पदासित स्थानीयलाई कसरी जोड्ने भन्ने उद्देश्यले नै यो कार्यक्रम गर्न खोजिएको उहांले बताउनु भयो ।
कार्यक्रममा १००८ स्वामी श्री ज्ञानानन्द सरस्वतीले पाणिनी तपोभूमीको महिमा निकै महत्वपूर्ण रहेकाले यसको संरक्षणमा सबैको सहयोग जरुरी हुने बताउनु भयो । प्रकृतिसँग विरोधाभास नहुने गरी संरचना निर्माण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले पाणिनीको वारेमा पुस्तिका तयार गरेर देश विदेशमा प्रचार गर्न सुझाव दिनुभयो ।
पाणिनी गाउँपालिका अध्यक्ष टेकराज न्यौपानेले बिश्वकै विशेषता भएको स्थलको संरक्षणका लागि सम्मेलनमार्फत दीर्घकालिन गुरुयोजना बनाउनका लागि सहज हुने धारणा राख्नुभयो । यसका लागि पालिकाको पूरै टिम यो अभियानमा जुटेको समेत बताउनु भयो ।
पर्यटन विकास परिषदका कार्यकारी अधिकृत रामु जोशीले लुम्बिनी क्षेत्रलाई धार्मिक सर्किट वनाउने मुख्यमन्त्रीको योजना रहेको बताउदै रिडी, स्वर्गद्वारी, पाणिनी आदि जोडेर सर्किट बनाउनु जरुरी रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा पाणिनी विकास परिषद गठन गर्नुपर्ने, तपोभूमि केन्द्रीत वेभसाइट तयार गर्नुपर्ने लगायतका विषयमा वरिष्ठ पत्रकार डी.आर. घिमिरे, विष्णु भूसाल, बालकृष्ण चापागाई, युवराज कणेंल, ज्योतिस जनार्दन न्यौपाने, रामप्रसाद घिमिरे, बलवहादुर अचार्य, धनिश्वर पोख्रेल लगायतले सुझाव दिनु भएको पालिकाका कार्यकारी अधिकृत रोमनाथ न्यौपानेले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय