LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

बुटवलमा बिहीबार सम्पन्न दोस्रो थकाली युवा राष्ट्रिय भेला एवं महाधिवेशनले चित्रलाल तुलाचनको अध्यक्षतामा १६ सदस्यीय कार्यसमिति चयन गरेको छ । महाविधेशनले आगामी ३ वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको हो ।

यसैगरी वरिष्ठ उपाध्यक्षमा नवीन शेरचन ९खासाङ क्षेत्र०, उपाध्यक्षमा बालिका शेरचन थकाली ९स्याउलीबाङ, प्युठान०, सचिवमा प्रकाश शेरचन ९पुर्तिबाङ, बाग्लुङ०, सहसचिवमा मन्दिप गौचन ९बुटवल०, कोषाध्यक्षमा सरोज शेरचन ९बुटवल० र सहकोषाध्यक्षमा रक्षा शेरचन ९काठमाडौंं० लाई चयन गरेको छ ।

यसैगरी, सदस्यहरुमा निशान तुलाचन ९थासाङ०, योगेश गौचन ९कुस्मा, पर्वत०, टेकबहादुर शेरचन ९दरबाङ, म्याग्दी०, राजन शेरचन ९टीकापुर, कैलाली०, सिमरन शेरचन ९मुग्लिन०, प्रदीप भट्टचन ९पोखरा०, सुशील शेरचन ९भैरहवा०, विवेक शेरचन ९भैरहवा० र विजय भट्टचन ९बेनी, म्याग्दी० लाई चयन गरेको छ ।
अब अध्यक्षले तीन जना सदस्य मनोनीत गरेसँगै कार्यसमिति १९ सदस्यीय हुने छ ।

महाधिवेशनको संघीय सांसद योगेश शेरचनले बुधबार उद्घाटन गरेका थिए । महाधिवेशनका लागि प्रतिनिधि तथा प्रवेक्षक गरी ७५ जना प्रतिनिधिहरु सहभागी भएका थिए ।
महाधिवेशनको अवसरमा बुधबार पूर्व राष्ट्रिय क्रिकेटर शक्ति गौचन र साहित्यकार मनिषा गौचनलाई सम्मान गरिएको थियो ।

यसैगरी प्रभु बैंकका सीईओ अशोक शेरचन, चलचित्र निर्देशक दीपेन्द्र गौचन र हाल इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट ९आईआईडीएस०मा कार्यकारी निर्देशकका रूपमा कार्यरत विश्वास गौचनलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय