LIVE
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने | दशैँमा विपन्न परिवारलाई सहयोग गर्दै ‘भगौँ अभियान नेपाल’ |

बुटवलमा बिहीबार सम्पन्न दोस्रो थकाली युवा राष्ट्रिय भेला एवं महाधिवेशनले चित्रलाल तुलाचनको अध्यक्षतामा १६ सदस्यीय कार्यसमिति चयन गरेको छ । महाविधेशनले आगामी ३ वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको हो ।

यसैगरी वरिष्ठ उपाध्यक्षमा नवीन शेरचन ९खासाङ क्षेत्र०, उपाध्यक्षमा बालिका शेरचन थकाली ९स्याउलीबाङ, प्युठान०, सचिवमा प्रकाश शेरचन ९पुर्तिबाङ, बाग्लुङ०, सहसचिवमा मन्दिप गौचन ९बुटवल०, कोषाध्यक्षमा सरोज शेरचन ९बुटवल० र सहकोषाध्यक्षमा रक्षा शेरचन ९काठमाडौंं० लाई चयन गरेको छ ।

यसैगरी, सदस्यहरुमा निशान तुलाचन ९थासाङ०, योगेश गौचन ९कुस्मा, पर्वत०, टेकबहादुर शेरचन ९दरबाङ, म्याग्दी०, राजन शेरचन ९टीकापुर, कैलाली०, सिमरन शेरचन ९मुग्लिन०, प्रदीप भट्टचन ९पोखरा०, सुशील शेरचन ९भैरहवा०, विवेक शेरचन ९भैरहवा० र विजय भट्टचन ९बेनी, म्याग्दी० लाई चयन गरेको छ ।
अब अध्यक्षले तीन जना सदस्य मनोनीत गरेसँगै कार्यसमिति १९ सदस्यीय हुने छ ।

महाधिवेशनको संघीय सांसद योगेश शेरचनले बुधबार उद्घाटन गरेका थिए । महाधिवेशनका लागि प्रतिनिधि तथा प्रवेक्षक गरी ७५ जना प्रतिनिधिहरु सहभागी भएका थिए ।
महाधिवेशनको अवसरमा बुधबार पूर्व राष्ट्रिय क्रिकेटर शक्ति गौचन र साहित्यकार मनिषा गौचनलाई सम्मान गरिएको थियो ।

यसैगरी प्रभु बैंकका सीईओ अशोक शेरचन, चलचित्र निर्देशक दीपेन्द्र गौचन र हाल इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट ९आईआईडीएस०मा कार्यकारी निर्देशकका रूपमा कार्यरत विश्वास गौचनलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय