LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

बुटवल सुख्खानगरमा रहेको दीप बोर्डिङ हाइस्कुलले बिहीबारदेखि खेलकुद सप्ताह सुरु गरेको छ । मावि तहका विद्यार्थीहरुको शारिरिक तथा बौद्धिक क्षमता विकासका लागि विभिन्न चरणका खेलहरु खेलाएर विद्यालयले खेलकुद सप्ताह मनाउने भएको हो ।

खेलकुद सप्ताहको बिहीबार उदघाटन गर्दै प्याब्सन नेपाल लुम्विनी प्रदेशका अध्यक्ष लालहरी पाण्डेयले खेलकुदले विद्यार्थीको शारिरिकमात्र नभई बौद्धिक क्षमताको विकास गर्ने भएकाले सबैखाले खेलकुदमा विद्यार्थीको उल्लेखनीय सहभागिता हुनु पर्ने बताउनुभयो ।

विद्यालय संचालक समितिका अध्यक्ष राजेन्द्रप्रसाद ध्वजुको अध्यक्षतामा भएको खेलकुद सप्ताह उदघाटन कार्यक्रममा बुटवल नगर खेलकुद विकास समितिका संयोजक बोनीन पिया, शिक्षा शाखा अधिकृत यादव विष्ट, श्रवणपथ प्रहरी कार्यालयका इन्चार्ज खगेन्द्र पराजुली, विद्यालयका सहप्राचार्य ज्ञानु थापा, कलाधर अर्याल, शुरेन्द्र कुमार श्रेष्ठ लगायतले खेलकुद क्षेत्रको विकासका लागि विद्यालय तहबाटै विद्यार्थीको राम्रो सहभागिता बनाउन आवश्यक रहेको बताउनुभयो । विद्यालयको ४४ औँ वार्षिकोत्सवको अवसर पारेर गरिएको खेलकुद सप्ताहमा मावि तहसम्मका विद्यार्थीहरुको सहभागिता रहेको विद्यालयका प्राचार्य टिकाराम न्यौपानेले जानकारी दिनुभयो ।

विद्यार्थीलाई सबैखाले ज्ञान र क्षमताको विकास गर्नकालागि विद्यालयले खेलकुद, साहित्य, गायत तथा संगित, आर्टलगायतका कार्यक्रमहरु निरन्तर गर्दै आएको बताउनुभयो ।

खेलकुद सप्ताह अन्तरगत विद्यालयले ब्याडमिन्टन, टेवलटेनीस, भलिवल, क्रिकेटलगायतका विभिन्न खेलकुदमा विद्यार्थीहरुको सहभागिता गराउने खेलकुद संयोजक विकास हमालले जानकारी दिनुभयो ।
यसैबीच खेलकुद सप्ताहको सुरुमा विभिन्न भेषभुषा, जातिय पहिचान र धार्मिक आस्था राख्ने समुह बनाएका विद्यार्थीहरुले झाँकी सहित बुटवल नगरको परिक्रमा गरेका थिए ।
विविध कार्यक्रम सहित आफ्नो ४४ औं वार्षिकोत्सव मनाउँदै गरेको विद्यालयले फागुन ५ गते बार्षिकोत्सव गर्ने छ भने सोही दिन दीप गायन तारा प्रतियोगिताको फाईनल पनि हुने विद्यालयका शिक्षक विजय सापकोटाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय