LIVE
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने | दशैँमा विपन्न परिवारलाई सहयोग गर्दै ‘भगौँ अभियान नेपाल’ |

बुटवलको चीरपरिचित शैक्षिक प्रतिष्ठान क्यानन सेकेण्डरी स्कुलले २८ वार्षिकोत्सब तथा रजत जयन्तीको अवसरमा विहिवार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाल नियमित रक्तदाता संघ जिल्ला शाखा रुपन्देहीको सहकार्यमा सम्पन्न उक्त कार्यक्रममा ६१ युनिट रगत जम्मा भएको विद्यालयका प्राचार्य शंकर भण्डारीले बताउनुभयो ।

रक्तदान कार्यक्रमको अवसरमा बोल्दै प्राचार्य भण्डारीले विद्यालय समाजको अभिन्न अंग भएकोले यस्ता कार्यक्रमले विद्यालय समाजप्रति उत्तरदायी छ भन्ने विश्वास दिलाउने बताउनुभयो ।

रक्तदान कार्यक्रमको अवसरमा नेपाल नियमित रक्तदाता संघ जिल्ला शाखा रुपन्देहीका अध्यक्ष अशेष सिलवालले क्याननले पढाईसंगै सामाजिक कृयाकलापमा पनि जोड दिएर नमूना उदाहरण प्रस्तुत गरेको बताउनुभयो ।

विद्यालयको प्रांगणमा भएको उक्त क्यानन मावि रेडक्रस सर्कलको सहजीकरण र विद्यालयका अतिरिक्त कृयाकलाप प्रमुख मिनराज गिरिको संयोजनमा सम्पन्न भएको थियो ।
क्याननले तीन बर्षपछि खेलकुद र रचनात्मक कार्यक्रम गरि मनाउन थालेको हो ।

विद्यालयले विगतमा कोभिड संक्रमणका कारण रोकिएको रजत जयन्ती २८ वार्षिकोत्सबको अवसरमा मनाउन लागेको विद्यालयका प्राचार्य शंकर भण्डारीले बताउनुभयो ।

बिद्यालयका बार्षिकोत्सवको अवसरमा फागुन २ गते हुने कार्यक्रममा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी, शिक्षक सम्मान, पत्रकार सम्मान लगायतसहित साँस्कृतिक कार्यक्रमहरु गरिने विद्यालयले जनाएको छ ।
विद्यालयमा प्ले ग्रुपदेखि १० कक्षासम्म ७ सय विद्यार्थी रहेका छन । यसैगरि विज्ञान र ब्यवस्थापन विषयमा गरि कक्षा ११ र १२ मा ३ सय २२ जना विद्यार्थीहरु अध्ययरत रहेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय