LIVE
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने | दशैँमा विपन्न परिवारलाई सहयोग गर्दै ‘भगौँ अभियान नेपाल’ |

राष्ट्रिय परोपकार महासंघ नेपालले रूपन्देही जिल्ला कार्यसमितिको तत्वावधानमा परोपकार कुञ्ज धाम निर्माण गर्ने उद्देश्यले आयोजना गरेको महायज्ञमा दाताहरूको उपस्थितिले आयोजक उत्साहित भएका छन ।

२०६४ सालमा स्थापना भएको संस्था राष्ट्रिय परोपकार महासंघ नेपालले देशका विभिन्न जिल्लाहरूमा आफ्ना अभियानहरू सञ्चालन गर्दै आइरहेको छ ।

सोही अभियान अन्तर्गत राष्ट्रिय परोपकार महासंघ नेपाल रूपन्देही जिल्ला कार्यसमितिको तत्वावधानमा रूपन्देही जिल्ला बुटवल–१५ स्थित भाटाप्रगती टोलमा करीब ४ विगाह क्षेत्रफलमा विस्तार हुने गरी परोपकार कुञ्जधामको निर्माण योजना अगाडि बढिरहेको छ ।

धामलाई सेवाकेन्द्रको साथै पर्यटकीय गन्तव्यको रूपमा समेत विस्तार गर्ने वृहत् लक्ष्य संघले राखिएको छ । त्यही लक्ष्यलाई साकार पार्नको लागि फागुन ४ गतेदेखि ११ गतेसम्म राष्ट्रिय परोपकार महासंघ नेपालका परिकल्पनाकार तथा अध्यक्ष भागवत भाष्कर कमलनयन गौतमले महायज्ञको आयोजना गर्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय