LIVE
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने | दशैँमा विपन्न परिवारलाई सहयोग गर्दै ‘भगौँ अभियान नेपाल’ |

सैनामैना नगरपालिका वार्ड नं २ मा रहेको लिटिल बर्डस इङ्लिस सेकेन्डरी स्कुलको २५ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस शनिवार सम्पन्न भएको छ ।
बार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै रामापुर रिभाईभल इङलिश बोर्डिङ स्कुलका प्राचार्य कृष्णप्रसाद शर्माले लिटिल बर्डस इङ्लिस सेकेन्डरी स्कुलले शिक्षा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान दिएको बताउनुभयो । उहाँले स्कुललाई किताबी ज्ञानसंगै अतिरिक्त कृयाकलापलाई पनि प्राथमिकता दिन आग्रह गर्नुभयो ।

कार्यक्रममा स्कुलका प्राचार्य धर्मराज घिमिरे, स्कुल व्यवस्थापन समितिका सदस्य लेखनाथ गैरे लगायतले स्कुलले शैक्षिक क्षेत्रमा पु¥याएको योगदानको चर्चा गर्नुभएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमकुमार शर्माको अध्यक्षतामा भएको कार्यक्रममा सैनामैना नगरपालिका वडा नंं २ का वडा अध्यक्ष अमरबहादुर कँडेल, विद्यालय व्यवस्थापन समितिका सल्लाहकार श्यामबहादुर थापा, मोतीप्रसाद राना, क्याप्टेन धनबहादुर कार्की र टंकप्रसाद चापागाईले लगायतको उपस्थिति रहेको थियो ।

विद्यालयका सहप्राचार्य सुरेश पौडेलले स्वागत गर्नुभएको बार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा बर्षभरी उत्कृष्ट भएका विद्यार्थीलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो भने कार्यक्रमको संचालन शिक्षक अनिश भण्डारीले गर्नुभएको थियो ।
यसअघि स्कुलले शुक्रबार रक्त सञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय