LIVE
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने | दशैँमा विपन्न परिवारलाई सहयोग गर्दै ‘भगौँ अभियान नेपाल’ |

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले अध्यादेशबाट देश चलाउन खोज्ने प्रयास असफल हुन थालेपछि सत्तारुढ दलहरू सांसद किनेर अध्यादेश पास गराउने खेलमा लागेको आरोप लगाउनु भएको छ ।

राप्रपा लुम्बिनी प्रदेशले शनिबार बुटवलमा आयोजना गरेको बृहद आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले सरकार बन्ने बित्तिकै ल्याएको भ्रष्टाचार निवारण ऐनमा पाँच वर्षभित्र उजुरी दिइसक्नुपर्ने व्यवस्था राख्न खोजिएको भन्दै त्यसबाट पनि अगाडीको भ्रष्टाचारलाई संरक्षण गर्ने व्यवस्था गर्न खोजेको तर्क गर्नुभयो ।

उहाँले यस अघिदेखि गर्दै आएको भ्रष्टाचारलाई संस्थागत र संरक्षण गर्ने तथा पहिले गरेको भ्रष्टाचारका कारण कारबाहीमा परिन्छ की भन्दै आवश्यक कानुन बनाएर जोगिनका लागि वर्तमान गठबन्धन बनेको आरोप लगाउनु भयो । उहाँले कांग्रेस एमाले सुध्रिएर जानुपर्नेमा जोड दिदै उनीहरुमा सुधार नभए जनताले विकल्प खोज्ने चेतावनी दिनुभयो ।

अध्यक्ष लिङ्देनले नेपालमा राजसंस्था पुनस्र्थापना हुनुपर्ने तर कार्यकारी अधिकार निर्वाचित प्रधानमन्त्रीलाई दिनुपर्ने धारणा राख्नुभयो ।
देशमा अभिभावकत्व गर्ने राजा र प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री हुने ब्यवस्थाको आवश्यकता परेकोमा उहाँको जोड छ ।
अध्यक्ष लिङ्देनले निर्वाचन प्रणालीलाई सुधारको लागि संसदलाई पूर्ण समानुपातिक हुनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय