LIVE
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने | दशैँमा विपन्न परिवारलाई सहयोग गर्दै ‘भगौँ अभियान नेपाल’ |

बुटवल उपमहानगरपालिका–११स्थित कालिकापथको योगिकुटी चोकदेखि होराइजन चोकसम्मको सडक खण्डमा पर्ने प्रसारण लाइनको मोनोपोल राख्ने काम धमाधम भइरहेको छ ।
बुटवलबाट मोतीपुरतर्फको १३२ केभि डबल सर्किट प्रसारण लाइनको टावर (चार खुट्टा भएको) लाई हटाएर योगिकुटी– होराइजन चोक सडक खण्डमा मोनोपोल (एउटा मात्र खुट्टा) राख्न लागिएको छ ।

करिब एक किलोमिटर सडक खण्डको बिचमा रहेका चारवटा टावरलाई हटाएर राखिने मोनोपोलको जग (फाउन्डेसन) निर्माण भइरहेको छ । फाउन्डेसनको काम १५ दिनभित्रमा सकिने छ । मोनोपोल निर्माणस्थलमा आपूर्ति भइसकेको छ । उक्त सडक खण्डमा ३०÷३० मिटरका दुईवटा र ३२÷३२ मिटरका दुई वटा मोनोपोल जडान गरिने छ ।
चालू रहेको उक्त प्रसारण लाइनलाई करिब १५ दिन बन्द(सटडाउन) गरेर मोनोपोल जडान गरिने छ । उक्त खण्डमा रहेका पुरानो टावरलाई हटाइने छ । साथै तार (कन्डक्टर) पनि नयाँ प्रयोग गरिनेछ ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्माणस्थलको अनुगमन गरी गर्मी सुरु हुनुभन्दा पहिले नै मोनोपोल जडान गरिसक्न आग्रह गर्नुभयो । गर्मी सुरु भएपछि बुटवल क्षेत्रमा विद्युतको माग बढ्ने हुँदा प्रसारण लाइन सटडाउन दिन समस्या हुने भएकाले त्यसभन्दा अघिनै काम सक्न कार्यकारी निर्देशक घिसिङले बुटवल ग्रिड महाशाखालाई निर्देशन दिनुभयो ।
सडक र प्रसारण लाइन (तार) बिचको कम हुँदा सडकमा गुड्ने ठुला गाडीहरूले लाइन छोएमा हुन सक्ने दुर्घटनाको अन्त्य गर्न योगिकुटी–होराइजन चोक सडक खण्डमा मोनोपोल राख्न लागिएको हो । हाल सडक र लाइनबिचको दूरी ६ मिटरभन्दा कम छ । मानोपोल राखिएपछि सडक र लाइनबिचको दूरी करिब नौ मिटर हुनेछ ।

प्रसारण लाइनको टावर हाल बिचमा हुँदा उक्त सडक खण्ड साँघुरो रहेको छ । हालको टावरको बेसमेन्टको व्यास करिब ८ मिटर रहेको छ । मोनोपोलको बेसमेन्टको व्यास करिब साढे दुई मिटर मात्र हुनेछ । यसले गर्दा सडक पनि फराकिलो हुनेछ । साथै मोनोपोल राखिएपछि हालको प्रसारण लाइनको मार्गधिकार घट्ने भएकाले त्यसको दायाँ–बायाँ रहेका घरहरू पनि थप सुरक्षित हुनेछन् ।
मोनोपोल निर्माणका लागि तीन करोड ६५ लाख रुपियाँमा ठेक्का सम्झौता भएको थियो । प्राधिकरणको लगानीमा निर्माण भइरहेको मोनोपोलको सम्पूर्ण काम अगामी जेठभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय