LIVE
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने | दशैँमा विपन्न परिवारलाई सहयोग गर्दै ‘भगौँ अभियान नेपाल’ |

बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा विहिबारदेखि बुटवलमा तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ ।
प्रतियोगिताको बिहीबार एक कार्यक्रमकाबीच बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले उदघाटन गर्नुभयो ।
कार्यक्रममा नगर प्रमुख पाण्डेयले बुटवललाई खेलकुदको माध्यमबाट पनि चिनाउन र खेल पर्यटनमार्फत समृद्धि हासिल गर्ने योजना अनुसार बुटवल उपमहानगरपालिकाले खेलकुद क्षेत्रमा करोडौं रकम छुट्टयाइएको बताउनुभयो ।

बुटवल उपमहानगरपालिकाले खेलकुदलाई बिशेष महत्व दिएको भन्दै नगर प्रमुख पाण्डेयले विद्यालय तहबाटै खेलकुदको विकास गर्न विद्यालय स्तरीय बिभिन्न खेलकुद तथा सांस्कृतिक प्रतियोगिताहरू सञ्चालन गरिएको बताउनुभयो ।
खेल पर्यटनका साथै धार्मिक पर्यटनको माध्यमबाट पनि बुटवललाई समृद्ध बनाउने आफुहरूको योजना रहेको भन्दै उनले त्यसका लागि आवश्यक पुर्वाधार तयार गर्ने कार्य भइरहेको उहाँको भनाई छ ।

बुटवल ब्याडमिन्टन क्लबका अध्यक्ष पंकज ज्ञवालीको सभापतित्व र नगर प्रमुख पाण्डेयको प्रमुख आतिथ्यतामा भएको प्रतियोगिता उदघाटन कार्यक्रममा सिद्वार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापा, नेपालकै पुराना ब्याडमिन्टन खेलाडी कुमार मोहन बिक्रम शाही, संघका द्वितीय उपाध्यक्ष तथा प्रतियोगिता संयोजक शम्भु भट्टराई लगायतले प्रतियोगिताको आवश्यकता र औचित्यबारे आ आफ्नो भनाइ राखेका थिए । सो अवसरमा नेपालमा ब्याडमिन्टन खेलको विकास र बिस्तारमा महत्त्वपूर्ण योगदान पु¥याएको भन्दै ८१ बर्षिय खेलाडी कुमार मोहन बिक्रम शाहीलाई सम्मान गरिएको थियो ।

तीनदिनसम्म चल्ने प्रतियोगितामा विभागिय टोलीसँगै एक सय टिमको सहभागीता रहेको क्लबका सचिव भानु केसीले जानकारी दिनुभयो ।
बिभिन्न ६ विधामा सञ्चालन हुने प्रतियोगितामा प्रथम हुनेले नगद ५० हजार, द्वितीय हुनेले ३० हजार, तृतीय हुनेले १५ हजार पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय