LIVE
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने | दशैँमा विपन्न परिवारलाई सहयोग गर्दै ‘भगौँ अभियान नेपाल’ |

विभागीय टोली त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई ६ विकेटले हराएको छ । लमहीमा जारी नेपाल टेलिकम प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले दिएको ११७ रनको मध्यम लक्ष्य आर्मीले २६ दशमलव ५ बलमा ४ विकेटको क्षतिमा १३९ बल अगावै पूरा ग¥यो ।

लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा शुक्रबार भएको खेलमा आर्मीका तृतराज दासले ६८ बलमा ३ चौकासहित ३७ रन जोडे ।
बसिर अहमद ३८ बलमा ३ चौका र १ छक्कासहित ३२ रनमा अविजित रहे । ईमरान सेखले १६ बलमा १ चौकासहित १२ रन जोड्दा भीम सार्कि १५ बलमा १ चौकासहित १४ जोडेर आउट भए ।

सोमपाल कामीले २१ बलको सामना गर्दै १० रनमा अविजित रहे । गण्डकीका चन्द्र पौडेलले ६ ओभरमा २३ रन दिएर १ विकेट लिए । विपिन खत्रीले ४ ओभरमा २० रन दिएर १ विकेट लिँदा सुवास भण्डारीले ७ दशमलव ५ ओभरमा १ विकेट लिए। सुदीप अर्यालले ४ ओभरमा २२ रन दिएर १ विकेट लिए । यसअघि, टस हारेर पहिले ब्याटिङको निम्तो पाएको गण्डकी प्रदेशले ३० दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै ११६ रन जोडेको थियो ।

दाङमा पहिलोपटक आयोजना गरिएको पीएम पुरुष क्रिकेट प्रतियोगितामा अंक तालिकाको दोस्रो स्थानमा रहेको आर्मी क्लब र पुछारमा रहेको गण्डकी प्रदेश टिमबीच अर्को खेल हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय