LIVE
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने | दशैँमा विपन्न परिवारलाई सहयोग गर्दै ‘भगौँ अभियान नेपाल’ |

नेपाल पत्रकार महासंघ रुपन्देहीले ७ ० औं स्थापना दिवसका अवसरमा फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ।
स्थापना दिवसको अवसरमा सञ्चारसंस्थाहरुका बीचमा एफ एन जे मिडिया कप फुटसल प्रतियोगिता र संघसंस्थाहरुका बीचमा शाइन रेसुंगा कर्पोरेट कप फुटसल प्रतियोगिता आयोजना गर्न लागेको महासंघ रुपन्देहीका कार्यवाहक अध्यक्ष विश्वास ढकालले जानकारी दिनुभयो ।

उपाध्यक्ष ढकालका अनुसार प्रतियोगिताले सञ्चारसंस्थाहरु र पत्रकारहरुका बीचमा आपसी सम्बन्ध विस्तार गर्न मद्दत पु¥याउनेछ ।
उहाँका अनुसार यो प्रतियोगिताबाट बचत भएको रकम नेपाल पत्रकार महासंघ रुपन्देहीको पत्रकार कल्याणकारी कोष, लेखनवृत्ति कोष, सुत्केरी कोष र खेलकुद पत्रकारिता पुरस्कार कोषमा जम्मा गरिनेछ ।

यही चैत १६ गतेदेखि १८ गतेसम्म हुने प्रतियोगिता अन्तरगत १६ गते मिडिया कप र १७ र १८ गते कर्पोरेट कप आयोजना हुनेछ ।
बुटवल ११ देवीनगर नमूना पथस्थित ग्रीनफिल्ड फुटसल कोर्टमा हुने प्रतियोगितामा ११ वटा सञ्चार संस्थाहरु सहभागी हुने छन ।

प्रतियोगिता संयोजक सहसचिव सुमन श्रेष्ठका अनुसार लुम्बिनी टेलिभिजन, लुम्बिनी अनलाइन, सबलपोष्ट डट कम, बुद्ध टेलिभिजन, ग्लोबल आवाज, राज्य टेलिभिजन, मेचीकाली दैनिक, गर्जन पोष्ट, बुटवल टुडे दैनिक, तिलोत्तमा सिटी न्युज् र समता टेलिभिजनले टीम दर्ता गराएका छन्।
कर्पोरेटतर्फ टीम दर्ताका लागि १२ गते सम्म समय रहेकाले संघसंस्थाको टीम दर्ताको कार्य चलिरहेको उहाँले बताउनुभयो । प्रतियोगितामा मिडिया कपका बिजेताले १७ हजार ७ सय ७७ र ट्रफी प्राप्त गर्नेछन् भने उपबिजेताले ७ हजार ७ सय ७७ र अन्य विधागत पुरस्कार रहेको संयोजक श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय