LIVE
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने | दशैँमा विपन्न परिवारलाई सहयोग गर्दै ‘भगौँ अभियान नेपाल’ |

नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणले अहिलेको संविधानको जग धेरै बलियो भएको बताउनु भएको छ । उहाँले नेपालका स्थापित धारका राजनीतिक दलहरु यो संविधानको पक्षमा रहेको वताउँदै प्रतिगामी तत्व सल्बलाए पनि सफल नहुने दावी गर्नुभयो ।

काँग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ३, रुपन्देहीले शनिबार भैरहवामा आयोजना गरेको शुभकामना आदानप्रदान, भित्तेपात्रो विमोचन तथा सम्मान कार्यक्रममा बोल्दै नेता खाँणले यो संविधान जनताले चुनेका जनप्रतिनिधिहरुले संविधानसभाको माध्यमबाट बनाएको बताउँदै जसले यो संविधान मानेको छैनन्, त्यसले पनि यो संविधान मान्ने र यसको स्वामीत्व लिने गरी संविधान संशोधन गर्नु जरुरी रहेकोमा जोड दिनुभयो ।

संविधानलाई समाप्त गर्ने मनसायले विभिन्न देशी–विदेशी तागतका साथ प्रयत्न गरिएको उहाँको भनाइ छ ।
यो संविधानलाई बचाउने, अगाडि बढाउने कि यसलाई निस्तेज गर्ने अहिलेको सवाल भएको नेता खाँणको भनाई छ ।

त्यस्तै काँग्रेस केन्द्रीय सदस्य तथा पूर्व अर्थ राज्यमन्त्री भरत कुमार शाहले नेपाली जनता र काँग्रेसले नचाहेसम्म मुलुकमा राजा फर्किन नसक्ने दावी गर्नुभयो ।
कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य गंगा शाही, रुपन्देही पूर्व जिल्ला सभापति रामचन्द्र ढकाल, काँग्रेस लुम्बिनी प्रदेश संसदीय दलका प्रमुख सचेतक जमुना ढकाल, जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईं लगायतले बोल्नुभएको थियो ।
काँग्रेस क्षेत्र नम्बर ३ रुपन्देहीका क्षेत्रीय सभापति सुशील गुरुङको सभापतित्वमा कार्यक्रम भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय