LIVE
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने | दशैँमा विपन्न परिवारलाई सहयोग गर्दै ‘भगौँ अभियान नेपाल’ |

रुपन्देहीको सैनामैना नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ लागि १ अर्ब ३४ करोड ८३ लाख ४९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
जसमा चालू खर्चतर्फ ५६ करोड ७९ लाख ६० हजार ५ सय अर्थात कूल बजेटको ४२ दशमलब १२ प्रतिशत र पुँजीगततर्फ ७८ करोड ३ लाख ८८ हजार ५ सय अर्थात कूल बजेटको ५७ दशमलब ८८ प्रतिशत विनियोजन गरिएको छ ।

नगरपालिकाको सत्रौं नगरसभाको मंगलबार सम्पन्न बैठकमा सैनामैना नगरपालिका उपप्रमुख बिना रानाले स्वास्थ्य, कृषि, पूर्वाधार विकास, पर्यटन र शिक्षा क्षेत्रलाई प्राथमिकता दिँदै बजेट सार्वजनिक गर्नुभएको हो । अधुरा योजना समयमै सम्पÞन्न गर्ने, कृषि क्षेत्रलाई व्यवसायीक बनाउने, विपद प्रतिकार्य योजना कार्यान्वनय गर्ने बजेटमा उल्लेख छ ।

’सैनामैना सम्मद्धिको आधारः उत्पादन पर्यटन र पूर्वाधार   भन्ने नगरपालिकाले लिएको दिर्घकालीन सोचलाई पूरा गर्न नगरको बजेट लक्षित रहेको बजेटमा उल्लेख गरिएको छ ।

जस अनुसार बहुबर्षीय आयोजनालाई समयमै सम्पन्न गर्ने, भूमीहीन सुकुुम्वासी, भूमिहीन दलित र अव्यवस्थित वसोवासीलाई जग्गाधनी दर्ता प्रमाणपत्र उपलब्ध गराई जग्गाको स्वामित्व दिलाउने बजेटको लक्ष्य रहेको छ । अहिलेसम्म नापजाँच भएका जग्गाको लालपुर्जा वितरण गर्ने र नापजाँच नभएका जग्गाको नापजाँच गर्न आवश्यक तथा पुनः नक्सांकन र नापजाँचका लागि कूल एक करोड रुपैया विनियोजन गरिएको छ ।

बजेटमा ‘घुमौ सैनामैना, रमौ सैनामैना’ भ्रमण वर्ष २०८२ अभियान सञ्चालन गर्न सैनामैनामा रहेका ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पर्यटन क्षेत्रलाई सूचिकरण गरी जानकारी तथा प्रचार प्रसार गर्नका लागि आवश्यक बजेट व्यवस्था गरिएको छ ।
त्यसैगरी बजेटमा नमुना उज्यालो थारु गाउँ कार्यक्रमका लागि १ करोड १० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
बजेटमा कृषि तथा सिचाईका लागि कुल १ करोड ५२ लाख ४७ हजार रुपैया विनियोजन गरिएको छ ।

त्यसैगरी प्राकृतिक विधिबाट दीर्घ रोगीहरुको उपचारमा सहयोग पु¥याउन सैनामैना १ बनकट्टामा सञ्चालित सैनामैना प्राकृतिक चिकित्सालया नगरका नागरिकहरुले उपचार गरे वापत उपचार खर्चमा ५० प्रतिशत अनुदान दिने र वडा नं ८ मा रहेको नागरिक आरोग्य केन्द्र सञ्चालन समेतको लागि १९ लाख ८३ हजार बजेट विनियोजन गरिएको छ ।

दुध उत्पादन गर्ने किसानलाई प्रतिलिटर एक रुपैया र मासु उत्पादन गर्ने किसानलाई प्रतिकेजी २० रुपैयाका दरले उत्पादनको आधारमा प्रोत्साहन दिने बजेटमा व्यवस्था गरिएको छ । सैनामैना नगरपालिकाका कृषि, पशुपालन, फलफूल, तरकारी उत्पादन गर्ने किसानलाई अनुदान दिने व्यवस्था मिलाइने बजेटमा उल्लेख गरिएको छ ।

त्यसैगरी उद्योग, श्रम, रोजगारी र सहकारीतर्फ ४८ लाख विनियोजन गरिएको छ । आधारभूत स्वास्थ्य क्षेत्रको कृयाकलाप संचालन गर्न ५ करोड ९५ लाख विनियोजन गरिएको छ । त्यसैगरी समग्र शिक्षाको सुधार बालबालिका विद्यालय प्रवेशको आधार भन्ने नारालाई आत्मसाथ गर्दै सवै सामुदायिक विद्यालयको शैक्षिक पूर्वाधार विकास गर्न २ करोड ५५ लाख विनियोजन गरिएको छ ।

नगरको गौरवको आयोजनाको रुपमा रहेको सैनामैना चक्रपथ अन्तरगत सालझण्डी खण्डको सवारी आवागमन सुधार, ढल निकास, पैदल मार्गको सुविधा र बजारको पहुँच समेत हुने गरी सालझण्डी सडक खण्ड तथा अन्य लिंक मार्ग निर्माण गर्न ४३ करोड ८७ लाख विनियोजन गरिएको छ ।
नगर उपप्रमुख विना रानाले प्रस्तुत गर्नुभएको बजेटमा भौतिक पूर्वाधार विकासतर्फ ७४ करोड ९८ लाख ८२ हजार विनियोजन गरिएको छ ।
बालबालिकासंग नगरप्रमुख कार्यक्रमका लागि १५ लाख बजेट विनियोजन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय