LIVE
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने | दशैँमा विपन्न परिवारलाई सहयोग गर्दै ‘भगौँ अभियान नेपाल’ |

वातावरण संरक्षण गर्ने तथा पर्यटकीय स्थलहरुको प्रवद्र्धनमा सहयोग पु¥याउने उद्देश्यले रुपन्देहीको बुटवल, सैनामैना र तिलोत्तमा नगर क्षेत्रमा शनिबार कोरा साईक्लिङ भएको छ ।
पर्यावरण संरक्षण गर्न कोरा साईक्लिङको महत्वपूर्ण रहेको छ । अभियानमा जोडिएका अभियानकर्मीहरुले कोरा साईक्लिङले स्वास्थ्यसंगै पर्यटनलाई जोडन सफल भएको बताएका छन ।
विश्वभर नै पर्वको रुपमा लिईने कोरा यो बर्ष रुपन्देहीका ३ पालिकामा भएको हो ।
बुटवल युनाईटेड साईक्लिङ क्लबका सल्लाहकार टुकबहादुर क्षेत्रीले साइकल स्वास्थ्य र पर्यटन दुबै पक्षसंग जोडिएको बताउँदै रमाइलोसंगै शिक्षा, स्वास्थ्य, पुनर्निर्माणमा सहयोग पु¥याउने सामाजिक उद्देश्य समेत रहेको बताउनुभयो ।
यसैगरी सैनामैनामा समेत शनिबार साइकल साथी सैनामैनाको आयोजनामा “सैनामैना कोरा २०२५ सम्पन्न भएको छ ।
शनिवार विहान मुर्गियास्थित लुम्बिनी गेटबाट सुरु भएको कोरा साईक्लिङले सैनामैनाका ऐतिहासिक तथा पर्यटकीय स्थलको परिक्रमा गरेको छ ।
यसैबीच रोटरी क्लब अफ सैनामैनाले वातावरण सरक्षण प्रोत्साहनको लागि सैनामैना –४ मुर्गियामा कोरामा सहभागी साइकल यात्रीहरुलाई स्वागत सहित जलपान समेत गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय