LIVE
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने | दशैँमा विपन्न परिवारलाई सहयोग गर्दै ‘भगौँ अभियान नेपाल’ |

साउनको दोश्रो सोमबार रुपन्देहीका श्रद्धालु भक्तजनहरुले कपिलवस्तुको लक्ष्मणघाटबाट जल संकल्प गरि सैनामैना १ मा रहेको पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङग बोलबम धाममा जलार्पण गरेका छन ।
बोलबम तीर्थ यात्रीहरुको ठूलो समूह सोमबार विहान जल उठाउन कपिलवस्तुको लक्ष्मणघाट गएको थियो । त्यहाँबाट संकल्प गरिएको जल ल्याएर पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबम धाममा जलार्पण गरिएको हो ।

यसैबीच पश्चिम नेपालको पशुपतिनाथ भनेर नाम र प्रसिद्धि कमाएको पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबम धाममा साउनको दोश्रो सोमबार जलार्पणका लागि यो बर्षकै धेरै श्रद्धालु भक्तजनहरुको भीड लागेको थियो ।

साउनको सोमबारलाई भगवान शिवको प्रिय बार मानिने भएकाले यस दिन श्रद्धालुहरु व्रत, पूजापाठ, दानलगायत कार्य गर्छन् ।
पर्रोहा परमेश्वर शिब ज्योतिर्लिङग बोलबम धाम मन्दिर व्यवस्थापन समितिका अध्यक्ष चित्रबहादुर कार्कीले साउनको दोश्रो सोमबार कपिलवस्तुको लक्ष्मणघाटबाट जल उठाई बोलबम श्रद्धालु भक्तजनहरुले पर्रोहा परमेश्वर शिब ज्योतिर्लिङग बोलबम धाममा जलार्पण गरेको बताउनु भयो ।

उहाँले बोलबम यात्रामा सहभागी हुने सवैप्रति धन्यबाद र आभार प्रकट गर्दै अव साउनको १५ गते पश्चिम नवलपरासीको त्रिबेणी र साउनको २१ गते पाल्पा, गुल्मी र स्याङजाको संगम स्थल रिडीबाट जल उठाएर पर्रोहा बोलबम धाममा जलार्पण गर्ने कार्यक्रम रहेको बताउनुभयो । उहाँले १५ र २१ गतेको बोलबम यात्रामा सहभागी हुन सम्पूर्ण श्रद्धालु भक्तजनहरुसंग आग्रह गर्नुभयो ।

पर्रोहा बोलबम धाममा हरेक बर्ष गुरुपूर्णिमादेखि सुरु भएको बोलबम धाम जलार्पण यात्रा एक महिना अर्थात जनैपूर्णिमासम्म जलार्पण गर्ने परम्परा रहेको छ ।
एक महिनासम्म हुने बोलबम धाम जलार्पण यात्रा तथा श्रावणी मेलामा नेपालको मात्रै नभै भारतका विभिन्न सहरबाट आउने श्रद्धालु भक्तजनले समेत जलार्पण गर्ने मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

पर्रोहा बोलबम धाम यात्रा व्यवस्थापन समितिका प्रचार प्रसार संयोजक ज्ञानेश्वर घिमिरेले एक महिनासम्म हुने बोलबम जलार्पणका क्रममा सोमबार लक्ष्मणघाटबाट जल ल्याएर पर्रोहा बोलबम धाममा जलार्पण गरिएको जानकारी दिदै अव गुल्मीको रिडी र पश्चिम नवलपरासीको त्रिबेणी तथा तनहुँको देवघाट धाम लगायतका स्थानबाट जल उठाएर पर्रोहा बोलबम धाममा ल्याई जलार्पण गर्ने कार्यक्रम रहेको बताउनुभयो ।

पश्चिम नेपालको प्रमुख ऐतिहासिक, धार्मिक एवं पुरातात्विक महत्वको प्रसिद्ध तिर्थस्थलका रुपमा परिचित पर्रोहा परमेश्वर बोलबम धाममा रहेको स्वयं उत्पत्ती शिवज्योतिर्लिङ्गमा साउन महिनाभर जलार्पण गरेमा पुण्य प्राप्ति हुन्छ भन्ने जनविश्वास रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय