सैनामैना सेवा समाज युएईले बृहत् तिज कार्यक्रम सम्पन्न गरेको छ ।
असहाय एबं बिपन्न बिधार्थीहरूको शैक्षिक बिकासका लागि अक्षयकोष स्थापना गर्न समाजले आइतबार भव्य तिज कार्यक्रम सम्पन्न गरेको हो ।
दुबइको बरदुबइमा भएको सो कार्यक्रममा नेपाली मौलिक तिज गित गुन्जिएपछि सारीमा सजीएका चेलिहरूको मुहारमा उत्साह देखिन्थ्यो । जुलाइ अगस्टको गर्मिको प्रवाह नगरी छमछमि नाचिरहेका चेलिहरू रमाइलो गरिरहेका थिए ।
तिज कार्यक्रममा सहभागी दर्शकहरूलाई नेपालबाट आमन्त्रित कलाकारहरू लोक गायक खुमन अधिकारी र गायिका मञ्जु भट्टराईले भरपुर मनोरंजन दिएका थिए ।
सो कार्यक्रम संस्थाका अध्यक्ष बिष्णुप्रसाद पन्थीको अध्यक्षता एवं गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का कोषाध्यक्ष ठाकुर प्रसाद ढुंगानाको प्रमुख आतिथ्यतामा भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि ढुंगानाले सैनामैना समाजले परदेशका दिदि बहिनीहरूलाई घर गाउँको याद मेटाउने गरि कार्यक्रम गरेकोमा प्रशंसा गर्नुभयो । ढुंगानाले आफ्नो कला र संस्कृतिलाई भुल्न नहुने बताउदै हामी रहेको देशको कानुन र यहाँको रहनसहनमा समेत ध्यान दिन आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाली समाज युएईका अध्यक्ष राम मोक्तान्, एन आर एनए एन सीसी युएईका अध्यक्ष बिकाश शाही लगायतले बोल्दै सैनामैना सेवा समाजले गरिरहेको सामाजिक कामलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।
सो अवसरमा बोल्दै कार्यक्रम संयोजक युबराज भट्टराईले सैनामैना समाजले सबै पदाधिकारीहरूको सकृयतामा भव्य कार्यक्रम गर्न सफल भएको उल्लेख गर्नुभयो । संयोजक भट्टराईले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।
संस्थाका अध्यक्ष बिष्ण्ुाप्रसाद पन्थीले सैनामैना सेवा समाजले छोटो समयमा धेरै मानवीय र सामाजिक कामहरू गरेको बताउनुभयो ।
उहाँले संस्थाले आयोजना गर्ने हरेक कार्यक्रमबाट सामाजिक परोपकारी काम गर्दै आएको उल्लेख गर्दै तिज कार्यक्रमबाट संकलित रकमबाट बिपन्न बिधार्थिहरूका लागि अक्षयकोष बनाउने बताउनुभयो ।
सोही अबसरमा विभिन्न समयमा संस्थालाई योगदान गरेका पदाधिकारीहरू, संरक्षक तथा कार्यक्रम संयोजक युवराज भट्टराई, बरिष्ठ उपाध्यक्ष केशव भट्टराई, केन्द्रीय सदस्य कमला पाण्डे, सल्लाहकार ज्ञानदेब घिमिरे तथा कार्यक्रममा सहयोग गर्ने सहयोगीहरुलाई दोसल्ला तथा प्रशंसापत्र सहित सम्मान गरिएको थियो ।
वरदुबई स्थित क्लब एभरेस्टमा भएको कार्यक्रममा नेपाली समाजमा आबद्ध ६४ बढि संस्थाका प्रतिनिधि सहित ६०० बढि दर्शकहरूको उपस्थिति थियो ।
कार्यक्रममा युएईमा रहेका कलाकारहरू बिरेन बिसि, बिरू ओली, सुस्मिता रेग्मी र नेप्लिज डान्स ग्रुपको प्रस्तुतिले रौनक थपेको थियो । कार्यक्रम संस्थाकी महिला सचिब सुस्मा सुनारको स्वागत तथा महासचिव सुरेन्द्र परियारको संचालनमा सम्पन्न भएको हो ।
सैनामैना सेवा समाजले अघिल्ला बर्षहरूमा पनि तिज कार्यक्रम मार्फत संकलित रकम मार्फत सैनामैनाका सामुदायिक बिधालयमा ३ लाख बराबरको अक्षयकोष स्थापना गरिसकेको छ ।







