LIVE
रुपन्देहीमा ११ लाख बढीको सामान बरामद | ग्यासको आयात निरन्तर भैरहेकाले अनावश्यक सञ्चिती नगर्न निगमको आग्रह | एमाले अध्यक्ष ओलीलाई पितृशोक | रवि र प्रचण्डबीच टेलिफोन सम्वाद, के भयो कुरा ? | ग्यासको कृत्रिम अभाव र कालोबजारीमा कडा कारबाही | आर्थिक सुशासनका केही काम भए, बाँकी आगामी सरकारबाट: अर्थमन्त्री खनाल | १६ वर्षीया इनिसा विकको न्याय माग गर्दै आज पनि काठमाडौंमा विरोध प्रदर्शन | महाशिवरात्रीमा सैनामैना होटल तथा रेष्टुरेण्ट व्यवसायी संघद्वारा पर्रोहा धाममा प्रसाद वितरण र सरसफाई | नेपाली कांग्रेस रुपन्देही क्षेत्र नंं ५ ले निर्बाचन प्रचार प्रसार अभियान तीब्र पार्यो | फेरिदै बुटवल, आधुनिक सहरको पहिचान बनाउँदै |

बुटवल र पाल्पाको तिनाउस्थित नुवाकोट गढी जोड्ने सिद्धार्थ केवलकारको थप पूर्वाधार निर्माण र सिष्टम अपग्रेटसंगै पुनः सञ्चालनमा आएको छ । केवलकारको बटम स्टेशन र टप स्टेशनमा थप पूर्वाधार निर्माण तथा प्रणालीमा सुधार गर्नका लागि असारको दोस्रो हप्तादेखि बन्द गरिएको सिद्धार्थ केवलकार साउनको दोस्रो हप्ता देखि नियमित सञ्चालन सुरु गरिएको सिद्धार्थ केवलकार लिमिटेडका अध्यक्ष राजेन्द्रसिंह गुरुङले जानकारी गराउनु भयो ।

यो अवधिमा केवलकारको सिष्टम अपग्रेटसंगै पहुँचमार्गमा विद्युतीकरण, बटम स्टेशनमा रहेको सिद्धार्थ गार्डेनमा उडेन परगोला तथा लाईटिङ सिष्टम जडान, रेष्टुरेन्ट भवन निर्माण तथा टप स्टेशनमा रहेको सिद्धार्थ स्ट्याचुको क्षेत्र विस्तार, शौचालय निर्माण लगायतका काम गरिएको छ ।

त्यसमध्ये रेष्टुरेन्ट भवन तथा सिद्धार्थ स्ट्याचु, शौचालय निर्माणाधिन अवस्थामै रहेको कम्पनीका प्रवन्धक नरबहादुर कार्कीले जानकारी दिनुभयो ।
बटम स्टेशनदेखि टप स्टेशसम्म २ किलोमिटर दुरी रहेको सिद्धार्थ केवलकारमा ८ जना क्षेमताका २५ वटा गोण्डुला रहेका छन् । जसमा बटम स्टेशन, टप स्टेशन तथा पोलहरुमा यस अगाडी चेन हलेज सिष्टम थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय