LIVE
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने | दशैँमा विपन्न परिवारलाई सहयोग गर्दै ‘भगौँ अभियान नेपाल’ |

बुटवल र पाल्पाको तिनाउस्थित नुवाकोट गढी जोड्ने सिद्धार्थ केवलकारको थप पूर्वाधार निर्माण र सिष्टम अपग्रेटसंगै पुनः सञ्चालनमा आएको छ । केवलकारको बटम स्टेशन र टप स्टेशनमा थप पूर्वाधार निर्माण तथा प्रणालीमा सुधार गर्नका लागि असारको दोस्रो हप्तादेखि बन्द गरिएको सिद्धार्थ केवलकार साउनको दोस्रो हप्ता देखि नियमित सञ्चालन सुरु गरिएको सिद्धार्थ केवलकार लिमिटेडका अध्यक्ष राजेन्द्रसिंह गुरुङले जानकारी गराउनु भयो ।

यो अवधिमा केवलकारको सिष्टम अपग्रेटसंगै पहुँचमार्गमा विद्युतीकरण, बटम स्टेशनमा रहेको सिद्धार्थ गार्डेनमा उडेन परगोला तथा लाईटिङ सिष्टम जडान, रेष्टुरेन्ट भवन निर्माण तथा टप स्टेशनमा रहेको सिद्धार्थ स्ट्याचुको क्षेत्र विस्तार, शौचालय निर्माण लगायतका काम गरिएको छ ।

त्यसमध्ये रेष्टुरेन्ट भवन तथा सिद्धार्थ स्ट्याचु, शौचालय निर्माणाधिन अवस्थामै रहेको कम्पनीका प्रवन्धक नरबहादुर कार्कीले जानकारी दिनुभयो ।
बटम स्टेशनदेखि टप स्टेशसम्म २ किलोमिटर दुरी रहेको सिद्धार्थ केवलकारमा ८ जना क्षेमताका २५ वटा गोण्डुला रहेका छन् । जसमा बटम स्टेशन, टप स्टेशन तथा पोलहरुमा यस अगाडी चेन हलेज सिष्टम थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय