LIVE
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने | दशैँमा विपन्न परिवारलाई सहयोग गर्दै ‘भगौँ अभियान नेपाल’ |

नारीको तीज, युवाको आवाज, संस्कृति संरक्षणको गरौं सुरुवात भन्ने नाराका साथ स्वास्थ्य ज्योति आमा समूह सैनामैना ११ उत्तर बरौलीको आयोजनामा तीज गीत प्रतियोागिता सम्पन्न भएको छ ।
सैनामैना ११ बनकट्टीमा आयोजना गरिएको प्रतियोगिताको अवसरमा बोल्दै कार्यक्रमकी प्रमुख अतिथी सैनामैना नगरपालिका उपप्रमुख विना रानाले हाम्रो संस्कार र संस्कृतिलाई जगेर्ना गर्नु अत्यन्त जरुरी छ भन्दै संस्कार र संस्कृति रहेमात्रै हामी नेपालीको पहिचान रहने बताउनुभयो । उहाँले पछिल्लोसमय तीज मनाउने क्रममा ठूला ठूला र महंगो होटलमा गएर तीज मनाउने परम्परा बढ्दै गएकोमा चिन्ता ब्यक्त गर्दै अव आफ्नै गाउँ समाज र टोलमा तीज मनाउनु पर्नेमा जोड दिनुभयो । उहाँले महिला दिदी बहिनीहरु गाउँ टोल समाजमा जम्मा हुने र तीज मनाएर हाम्रो संस्कृतिलाई संरक्षण गर्नुपर्ने बताउनुभयो ।

त्यसैगरी कार्यक्रममा मालारानी गाउँपालिका अर्घाखाँचीकी उपप्रमुख दिपा पोखरेलले महिला दिदी बहिनीहरु महंगा होटलमा जाने, महंगा गहनाहरु लगाउने र महंगो खानपानका तीज भडकिलो र खर्चिलो हुँदै गएकोमा चिन्ता प्रकट गर्नुभयो । उहाँले विगतको संस्कृतिलाई बिर्सनु हुँदैन भन्दै हाम्रो परिवारको आम्दानीको श्रोत अनुसार चाडबाडको व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो । तीज संस्कृति संरक्षणमा महिला दिदी बहिनीहरुनै अघि बढ्नपर्नेमा उहाँले जोड दिनुभयो ।

उक्त तीज गीत प्रतियोगितामा प्रथम दुर्गा आमा समूह सैनामैना ११, द्वितिय पारिजात आमा समुह र तृतीय सालझण्डी आमा समूह सैनामैना १० भएका छन ।
त्यसैगरी सान्त्वना कलश आमा समूह र सिद्धबाबा आमा समूह भएका छन ।
यसैगरी अनुशासनमा सुन्दर आमा समूह सैनामैना ११ उत्कृष्ट भएको छ भने नृत्यमा न्यु कञ्चन आमा समुह र शब्द तथा लयमा नवदुर्गा आमा उत्कृष्ट भएका छन । त्यसैगरी स्वास्थ्य सयपत्री आमा समूह लय तथा स्वरमा उत्कृष्ट घोषणा भएको छ ।
आयोजक स्वास्थ्य ज्योति आमा समूह सैनामैना ११ उत्तर बरौलीकी अध्यक्ष सुशीला अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा तीज गीत प्रतियोगिताको सञ्चालन तथा स्वागत सचिव प्रेरणाचन्द मल्लले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय