LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

नेपाल रेडक्रस सोसाईटी लुम्बिनी प्रदेशको आयोजनामा तेश्रो प्रदेश स्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सैनामैनामा हुने भएको छ ।
सैनामैनाको मुर्गियामा रहेको सुनगाभा पब्लिक इङलिश सेकेण्डरी स्कुलमा आयोजना हुने गोष्ठीको आतिथ्यता सुनगाभा पब्लिक इङलिश सेकेण्डरी स्कुलले गरेको हो । गोष्ठीको उदघाटन लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर मगरले यही मंसिर १९ गते गर्ने मंगलवार सैनामैनामा आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

नेपाल रेडक्रस सोसाईटीका लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण पंगेनीले दुई दिने गोष्ठीमा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाबाट युवा रेडक्रस सर्कलका विद्यार्थी तथा शिक्षकहरु गरि करिव एकसय जनाको सहभागिता हुने बताउनुभयो ।
उहाँले गोष्ठीको पूर्व सन्ध्यामा विहिवार साँझ साहित्यीक कार्यक्रम आयोजना हुने बताउनु भयो । गोष्ठी उदघाटनको अवसरमा प्रभातफेरी समेत गरिने भएको छ ।


पत्रकार सम्मेलनमा सुनगाभा पब्लिक इङलिश सेकेण्डरी स्कुलका प्रिन्सिपल तिलब केसीले दुई दिने गोष्ठीबाट युवा विद्यार्थी भाई बहिनीहरुले रेडक्रसको भूमिका, विद्यार्थीहरुको रेडक्रसको भूमिका र आगामी दिनमा गर्नुपर्ने सामाजिक उत्तरदायित्व लगायत विभिन्न बिषयमा हुने छलफलबाट लाभ लिने बताउनुभयो ।
प्रदेशस्तरीय गोष्ठीले सैनामैना घोषणापत्र जारी गर्ने बताइएको छ । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्लाका मन्त्री दिनेश पन्थी, गौतमबुद्ध प्रेस क्लबका अध्यक्ष नविन घिमिरे, सिद्धार्थ एकेडेमीका प्रिन्सिपल भोजराज पौडेल लगायतले बोल्दै सैनामैनामा आयोजना हुने गोष्ठी सैनामैनाको लागि महत्व र चासोको विषय भएको बताउँदै गोष्ठीलाई सफलतापूर्वक सम्पन्न गर्न शुभकामना दिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय