LIVE
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने | दशैँमा विपन्न परिवारलाई सहयोग गर्दै ‘भगौँ अभियान नेपाल’ |

रुपन्देहीको सैनामैना नगरपालिकामा सुरक्षित आप्रबासन (सामी) कार्यक्रम अन्तरगत चौथो चरणको कार्यान्वयन मोडालिटी सम्बन्धमा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ ।
सैनामैना नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा सामी कार्यक्रमको जिल्ला तहको प्रगतिको अवस्थाका बिषयमा सामीकी रुपन्देही जिल्ला कार्यक्रम संयोजक सिता पन्थ भण्डारीले सहजीकरण गर्नुभएको थियो ।
उहाँले सामी कार्यक्रममा रुपन्देहीका १६ वटै पालिका समेटिएको बताउँदै बैदेशिक रोजगारीमा जानेहरुलाई विभिन्न प्रकारको तालिम, अभिमुखीकरण, मनोसामाजिक परामर्श, कानुनी सहजीकरण, सिप तथा तालिमको सहजीकरण लगायतका सल्लाह, परामर्श र सचेतनाका विभिन्न कार्यक्रम गरिएको बताउनुभयो ।

कार्यक्रम संयोजक भण्डारीले रोजगार सेवा केन्द्रबाट समन्वय गरि चारजना मृतक परिवारलाई ४० लाख र विरामी भएका एकजनालाई सात लाख रुपैया दिलाउन सहजीकरण गरिएको बताउनुभयो ।
कार्यक्रममा बोल्दै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले बैदेशिक रोजगारीको सिलसिलामा समस्यामा परेका कामदार र उनीहरुका परिवारलाई कानुनी तथा अन्य सहायता उपलब्ध गराउन सामीले सहजीकरण गर्दै आएको र त्यसबाट धेरैले लाभ लिएको बताउँदै आगामी दिनमा पनि सामीले बैदेशिक रोजगारीमा जाने तथा समस्यामा परेकाहरुलाई विभिन्न प्रकारको परामर्श दिने कुरामा अझै प्रभावकारी भूमिका खेल्ने विश्वास ब्यक्त गर्नुभयो ।
सामी कार्यक्रमले बैदेशिक रोजगारीमा जान चाहने आप्रवासी कामदारका लागि प्रस्थानपूर्वको सीपमूलक तालिमको बारेमा आवश्यक सूचना गर्ने गरेको छ । त्यसैगरी बैदेशिक रोजगारीका कारण समस्यामा परेका व्यक्ति तथा परिवारलाई मनोसामाजिक लगायत अन्य परामर्श समेत प्रदान गर्दै आएको छ ।
त्यसैगरी बैदेशिक रोजगारीकै सिलसिलामा मृत्युभएका र अंगभंग भएका कामदारको हकमा बैदेशिक रोजगार बोर्डबाट आर्थिक सहायता उपलब्ध गराउन सहजीकरण गर्दै आएको छ ।

बैदेशिक रोजगारीमा जानुपूर्व अनिवार्य श्रम गरेर जान समेत कार्यक्रममा सुझाव दिइएको छ । जस अनुसार बैदेशिक रोजगारीमा गएको बेला बिदेशमै मृत्यु भएमा १० लाख, नेपाल फर्केको एक बर्षभित्रमा अधिकतम आर्थिक सहायत तथा क्षतिपूर्ति रकम ७ लाख, विरामी कामदारलाई उपचार खर्च, मृतक परिवारलाई आर्थिक सहायता दिने व्यवस्था रहेको छ । त्यसैगरी सामाजिक सुरक्षा कोष र बैदेशिक रोजगार बोर्ड अन्तरगत मृतक कामदारको शव घरसम्म पु¥याउने व्यवस्था समेत रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय