LIVE
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने | दशैँमा विपन्न परिवारलाई सहयोग गर्दै ‘भगौँ अभियान नेपाल’ |

बुटवलमा शनिवार सम्पन्न भएको दोस्रो लुम्बिनी क्लासिक राष्ट्रिय डेडलिफ्ट प्रतियोगिता–२०२५ मा सैनामैनाकी शर्मिला गुप्ता प्रथम हुन सफल भएकी छिन ।
सैनामैना वडा नं. ३ निवासी गुप्ताले १ सय ३२ पोइन्ट ५ केजी तौल उठाएर आफ्नो ६४ केजी तौल समूहमा प्रथम भएकी हुन ।

शुक्रबार र शनिवार बुटवलमा भएको उक्त प्रतियोगिताका लागि गुप्ताको टिम म्यानेजरमा फिटनेस टाइम मुर्गियाका सञ्चालक कृष्ण श्रेष्ठ र प्रशिक्षक (कोच) मा अशोक राना रहेका थिए ।
राष्ट्रिय प्रतियोगितामा सैनामैनाकी शर्मिलाले आफ्नो तौल समूहमा प्रथम स्थान हासिल गरेपछि सैनामैनाको खेल क्षेत्रले अर्को एउटा इतिहास रचेको भन्दै खेलप्रेमीहरूले गर्बको महसुस गरेका छन ।


टिम म्यानेजर कृष्ण श्रेष्ठले सैनामैनाका महिलाहरू पनि खेलकुदको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाउन सक्षम छन् भन्ने कुरा शर्मिलाले पाएको यो सफलताबाट प्रमाणि भएको बताएका छन ।
पावर लिफ्टिङका विभिन्न तीन विधाहरू मध्ये एक मानिने ‘डेडलिफ्ट’ शक्ति र सन्तुलनको खेल हो । उक्त प्रतियोगितामा देशभरका पावरलिफ्टरहरूको उत्साहजनक सहभागिता रहेको थियो ।
प्रतियोगितामा विभिन्न उमेर तथा तौल समूहका गरी कुल १० वटा विधामा प्रतिस्पर्धा भएको थियो ।

एक्टीभ जिम एण्ड फिटनेश बुटवलको आयोजना तथा लाइफका लागि फिजिकल फिट्नेस, तिलोत्तमा र अशोक फिट्नेसको सहआयोजनामा भएको प्रतियोगिताको संरक्षकमा राष्ट्रिय खेलकुद परिषद, लुम्बिनी प्रदेश खेलकुद परिषद, बुटवल उपमहानगरपालिका तथा नेपाल पावरलिफ्टिङ एशोशियसन र नेपाल खेलकुद महासंघको सहकार्य रहेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय