LIVE
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने | दशैँमा विपन्न परिवारलाई सहयोग गर्दै ‘भगौँ अभियान नेपाल’ |

सैनामैना, १६ पुस । नेकपा (एमाले) का नेता बासुदेव घिमिरेले पार्टी परित्याग गर्नुभएको छ । मंगलबार राती सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै घिमिरेले आफू संलग्न पार्टीको जिम्मेवारीदेखि अलग रहेको घोषणा गर्नुभएको छ ।

पुराना राजनीतिक दलहरुको मुख्य नेतृत्वले मुलुकको आम जनताको इच्छा र चाहनालाई सम्बोधन गर्ने अवस्था नदेखिएकोले पार्टीको जिम्मेवारीदेखि अलग भएको बताउनुभयो ।

‘अहिले आम जनताको चाहना सुशासन, विकास, समृद्धिका साथै नेतृत्व हस्तान्तरण, पुस्तान्तरण र रुपान्तरण पनि हो । देशको आवश्यकता, इतिहासको गति र आम नागरिकको अपेक्षालाई सम्बोधन गर्नु अहिलेको मुख्य कार्यभार हो, ’उहाँले भन्नुभयो ।

देशप्रतिको अविचलित निष्ठा ,सुशासन, विकास र समृद्धि राजनीतिको अनिवार्य शर्त भएको उहाँको भनाइ छ । ‘सुशासन, विकास, रोजगारीका साथ मुलुकलाई समृद्धिको यात्रामा अघि बढाउने अभियानमा ईमान र निष्ठाका साथ सदैव यहाँहरु सबैसँग सँगसँगै रहनेछु, ’घिमिरेले भन्नुभयो ।

घिमिरे २०७४ सालमा नेपाली काँग्रेसका उम्मेदवार रामकृष्ण खाणलाई पराजित गर्दै रुपन्देहीको तिलोत्तमा नगरपालिकाको प्रमुखमा निर्वाचित हुनुभएको थियो । त्यस्तै २०७९ सालमा काँग्रेसका भरत कुमार शाहलाई पराजित गर्दै रुपन्देही क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो । पार्टीको लुम्बिनी प्रदेश कमिटीको अधिवेशनबाट प्रदेश सदस्यमा निर्वाचित घिमिरे हालै सम्पन्न ११ औं महाधिवेशनमा भने केन्द्रीय सदस्यमा पराजित हुनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय