LIVE
एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष र वडा अध्यक्षनै रास्वपा  प्रवेश | लुम्बिनी प्रदेश सरकारको मन्त्रीपरिषद् पुनर्गठनका लागि सिफारिस | स्थापना दिवसको अवसरमा कपिलवस्तुमा फोटोवाक कार्यक्रम | सालझन्डीमा गुणस्तरीय सेवा सहित पाहुना घर सञ्चालनमा | एकला पहाडमा फोहोर व्यवस्थापन केन्द्र वनाउन रुख हटाउने सम्झौतामा हस्ताक्षर | दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गते सम्म सञ्चालन हुने | सैनामैनामा शैक्षिक गुणस्तर अभिवृद्धि गर्न १ करोड ६० लाख बराबरको आईसिटी सामग्री वितरण | रुपन्देहीमा १० लाख बढी मूल्य बराबको अवैध सामान बरामद | बुटवलमा नौंवटा कम्पनीका नौंसय ग्यास वितरण | मुख्यमन्त्री आचार्यले भदौ १ गते विश्वासको मत लिने |

सैनामैना, १६ पुस । नेकपा (एमाले) का नेता बासुदेव घिमिरेले पार्टी परित्याग गर्नुभएको छ । मंगलबार राती सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै घिमिरेले आफू संलग्न पार्टीको जिम्मेवारीदेखि अलग रहेको घोषणा गर्नुभएको छ ।

पुराना राजनीतिक दलहरुको मुख्य नेतृत्वले मुलुकको आम जनताको इच्छा र चाहनालाई सम्बोधन गर्ने अवस्था नदेखिएकोले पार्टीको जिम्मेवारीदेखि अलग भएको बताउनुभयो ।

‘अहिले आम जनताको चाहना सुशासन, विकास, समृद्धिका साथै नेतृत्व हस्तान्तरण, पुस्तान्तरण र रुपान्तरण पनि हो । देशको आवश्यकता, इतिहासको गति र आम नागरिकको अपेक्षालाई सम्बोधन गर्नु अहिलेको मुख्य कार्यभार हो, ’उहाँले भन्नुभयो ।

देशप्रतिको अविचलित निष्ठा ,सुशासन, विकास र समृद्धि राजनीतिको अनिवार्य शर्त भएको उहाँको भनाइ छ । ‘सुशासन, विकास, रोजगारीका साथ मुलुकलाई समृद्धिको यात्रामा अघि बढाउने अभियानमा ईमान र निष्ठाका साथ सदैव यहाँहरु सबैसँग सँगसँगै रहनेछु, ’घिमिरेले भन्नुभयो ।

घिमिरे २०७४ सालमा नेपाली काँग्रेसका उम्मेदवार रामकृष्ण खाणलाई पराजित गर्दै रुपन्देहीको तिलोत्तमा नगरपालिकाको प्रमुखमा निर्वाचित हुनुभएको थियो । त्यस्तै २०७९ सालमा काँग्रेसका भरत कुमार शाहलाई पराजित गर्दै रुपन्देही क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो । पार्टीको लुम्बिनी प्रदेश कमिटीको अधिवेशनबाट प्रदेश सदस्यमा निर्वाचित घिमिरे हालै सम्पन्न ११ औं महाधिवेशनमा भने केन्द्रीय सदस्यमा पराजित हुनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय