LIVE
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने | दशैँमा विपन्न परिवारलाई सहयोग गर्दै ‘भगौँ अभियान नेपाल’ |

देश र जनताको हितका लागि आफ्नो प्राणको आहुति दिने महान शहीदहरूको सम्झनामा देशभर शहीद दिवस मनाइएको छ। यसै सन्दर्भमा रुपन्देहीको सैनामैनामा पनि होटल तथा रेष्टुरेन्ट व्यवसायीहरूले विशेष कार्यक्रमको आयोजना गरी शहीदहरू प्रति सम्मान व्यक्त गरेका छन्।

 

इतिहासका विभिन्न कालखण्डमा प्रजातन्त्र र स्वतन्त्रताका लागि बलिदान दिने शहीदहरूको सम्मानमा आज सैनामैना ४, मुर्गिया स्थित लुम्बिनी रोडमा दीप प्रज्वलन गरिएको छ। सैनामैना होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको आयोजनामा शुक्रबार साँझ सो कार्यक्रम सम्पन्न भएको हो।

संघले पहिलो पटक शहीद दिवसको अवसर पारेर औपचारिक रूपमा दीप प्रज्वलन कार्यक्रमको आयोजना गरेको हो। कार्यक्रममा बोल्दै संघकी अध्यक्ष माया के.सी. ले शहीदहरूको सम्मान गर्नु प्रत्येक नागरिकको कर्तव्य भएको बताउँदै

देशका लागि ज्यान दिने सपुतहरू प्रति सम्मान भाव व्यक्त गर्नु हामी सबै देशवासीको जिम्मेवारी हो भन्नु भो।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै संघका सल्लाहकार गोविन्द खरेलले आगामी दिनमा सबै व्यवसायीहरूलाई एकजुट बनाउने खालका कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।

संघका अध्यक्ष माया के.सी. को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन वरिष्ठ उपाध्यक्ष हुम प्रसाद घिमिरेले गर्नुभएको थियो भने कार्यक्रमको संयोजन महासचिव नवराज पन्थीले गर्नुभएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय