LIVE
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने | दशैँमा विपन्न परिवारलाई सहयोग गर्दै ‘भगौँ अभियान नेपाल’ |

प्रदिप ज्ञवाली
सैनामैना
सैनामैना ७ देबिटोलमा अवस्थित श्री दुर्गा पञ्चायन मन्दिर तथा त्रिपुरेश्वर धाममा २६ गते सोमबार प्राण प्रतिष्ठा पुजा कार्य सम्पन्न भएको छ । गणेश भगवानको मूर्ति प्राण प्रतिष्ठा, यज्ञ मण्डप उद्घाटन शिव ज्योतिर्लिङ्ग प्राण प्रतिष्ठा, श्री दुर्गा भवानी पुजन, श्री नन्दी प्रधान प्राण प्रतिष्ठा १०८ शिवलिङ्ग १०८ कर्ताबाट प्राण प्रतिष्ठा विभिन्न झाक्री पन्चेबाजा भजनकीर्तन सहित कलश यात्रा शिवलिङ‌्ग तथा मूर्तिहरुको नगर परिक्रमा कार्यक्रम गरिएको सचिव यदुलाल ज्ञवालीले जानकारी दिनुभयो ।
देउवापार चोकमा रहेको दुर्गामन्दिर परिसरमा पन्चायन धाम निर्माण गरिएको हो । कलात्मक ढङ्गबाट निर्माण गरिएको उक्त मन्दिर आकर्षक रहेको छ।
प्राण प्रतिष्ठा कार्यक्रममा सैनमैनाका विभिन्न वडा र टोलबाट भजन समूह, आमा समूह टोल विकास संस्था एवं स्थानीय भक्तजनहरूको बाक्लो उपस्थिति रहेको थियो।


मन्दिरमा स्थापना गर्न ल्याइएको शिवलिङ्ग र मूर्तिहरूलाई नगर परिक्रमा गराईएको थियो।
यस क्षेत्रको धार्मिक सांस्कृतिक एवं पर्यटकीय क्षेत्रको विकास गर्नका लागि मन्त्रीको स्थापना गरीएको समितिले जनाएको छ।

स्थानीय व्यापारी समाजसेवी एवं चन्दादाताबाट सानो सानो रकम सङ्कलन गरी मन्दिर र अन्य संरचना निर्माण गरिएको र अझ धेरै काम बाँकी रहेको मन्दिर सचिवालयले जानकारी गराएको छ।

पुजा कार्यमा आसन्न निर्वाचनका रुपन्देही ५ का प्रत्यासी एमालेका खिमलाल भट्टराई, नेपाली काङ्ग्रेसका भरतकुमार शाह , नेपाली कम्युनिष्ट पार्टीका वकिल मुसलमान लगायत नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।
मन्दिरले देउवापार क्षेत्रको धार्मिक सांस्कृतिक एवं पर्यटकीय क्षेत्रको सम्भावना बढाउने विश्वास लिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय