सैनामैना,२३ असोज
रुपन्देहीको सैनामैना नगरपालिकालाई आगामी ५ बर्षभित्र क्षयरोगमुक्त नगरपालिका बनाउने उद्देश्यले पालिकास्तरीय क्षयरोगमुक्त अभियान अन्तर्गत सूक्ष्म योजना तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।



सैनामैना नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा शुक्रबार सम्पन्न उक्त कार्यक्रम क्षयरोगको पहिचान, रोकथाम, उपचार तथा समुदायस्तरमा जनचेतना अभिवृद्धि गर्दै क्षयरोग नियन्त्रणका प्रयासलाई प्रभावकारी बनाउने उद्देश्यले सञ्चालन गरिएको हो ।
कार्यक्रममा क्षयरोगको समयमै पहिचान, शंकास्पद बिरामीको स्वास्थ्य परीक्षण, नियमित उपचार तथा समुदायस्तरमा जनचेतना विस्तारको महत्त्वलाई प्राथमिकतामा राखिएको बताइएको छ ।

कार्यक्रमको अध्यक्षता सैनामैना नगरपालिका उपप्रमुख विना रानाले गर्नुभएको थियो भने प्रमुख अतिथि जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देही प्रमुख उमा थापा हुनुहुन्थ्यो ।
त्यसैगरी स्वागत तथा कार्यक्रमको बारेमा नगरपालिकाका स्वास्थ्य शाखा अधिकृत हेमराज पन्थीले गर्नुभएको थियो ।
कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका फोकलपर्सन टिकाराम अधिकारी, सैनामैना नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत टिकाराम शर्मा लगायतले बोल्नुभएको थियो भने कार्यक्रमको सञ्चालन नर्मदा घिमिरेले गर्नुभएको थियो ।
गत बर्ष ३ वटा पालिकामा कार्यक्रम सञ्चालन भएको मा अहिले सैनामैना सहित थप ३ वटा पालिकामा यो कार्यक्रम सञ्चालन भएको छ । कार्यक्रममा क्षयरोगमुक्त नगर घोषणा गर्नको निम्ती नगर प्रमुखको संयोजक्तोमा २२ सदस्यीय स्थानिय तह समन्वय समिति गठन गरिएको छ ।




