LIVE
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने | दशैँमा विपन्न परिवारलाई सहयोग गर्दै ‘भगौँ अभियान नेपाल’ |

कार्तिक ७, अर्घाखाँची

पछिल्लो समय गुल्मी र अर्घाखाँचीमा १३ तले मन्दिरले प्रख्यात आकाशदेवी मन्दिर स्थानीय समिति र समुदायलाई हस्तान्तरण गरिएको छ ।
अर्घाखाँचीको छत्रदेव गाउँपालिका–७ आकाशदेवी ताराखसे मन्दिर स्थानीय हिरामणी न्यौपानेले परिवारको तर्फबाट बुवा बलभद्र न्यौपाने र आमा डिलकुमारी न्यौपानेको सम्झनामा व्यक्तिगत लगानीमा निर्माण गरेर समुदायलाई प्रदान गर्नुभएको थियो ।

एच.एन बिल्डर्सका व्यवस्थापक न्यौपानेले पुरानो मन्दिर जीर्ण भएपछि समितिको निर्णय र आग्रहअनुसार आफूले व्यक्तिगत लगानीमा मन्दिर निर्माण गरेको बताउनुभयो । दसैँको देवी बिर्सजनको अवसर पारेर मन्दिर व्यवस्थापन समितिलाई मन्दिर हस्तान्तरण गरिएको हो ।
उहाँले भन्नुभयो, ‘समाजमा अझैसम्म पनि धार्मिक आस्था र बिश्वासका कारण सामाजिक सद्भाव कायम रहेको छ । मन्दिरको गरिमा जोगाएर धार्मिक पर्यटनलाई समेत जोड्न मन्दिर बनाएको हुँ ।”

मन्दिरलाई थप व्यवस्थापनमा सहजीकरण गर्ने उद्देश्यले सहयोगदाता न्यौपानेले ५१ हजार रुपियाँको बलभद्र डिलकुमारी अक्षयकोष समेत स्थापनाको समेत घोषणा गर्नुभयो । आकाशबाट तारा झरेर खाल्डो परेकाले सोही ठाउँमा नाग उत्पन्न भएपछि बिस्तारै मन्दिरहरु निर्माण गरेर आकाशदेवीको पूजा आराधाना सुरु गरियो ।
पछि १३ तलाको मन्दिर निर्माण भएपछि पर्यटकीय आकर्षणको रुपमा अगाडि बढेको छत्रदेव गाउँपालिका–७ भगवतिमा प्रदिप पाण्डेले बताउनुभयो । उहाँका अनुसार दसैमा दश दिन पुजा हुने, सरायँ र कृष्णाष्टमीमा भव्य मेला लाग्ने गर्दछ ।

आशादेवी मन्दिर व्यवस्थापन समिति सदस्य टामलाल पाण्डेले न्यौपाने परिवारको सामाजिक कामको प्रसंसा गर्नुभयो । उहाँले समाजमा धन धेरैसँग भए पनि कमसँग मात्र मन पनि हुने भएकाले १३ तलाको मन्दिर निर्माणमा न्यौपाने परिवारको ठुलो रकम खर्च भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “पैसा र मन दुवै भएकाले लाखौ खर्चेर १३ तले मन्दिर बन्यो । आकाशदेवीको आशीर्वाद मात्रै नभएर स्थानीयले समेत ठुलो गुन मानेका छन् ।” मन्दिर व्यावस्थापन समितिले पनि मन्दिर निर्माणकर्ता न्यौपाने परिवारलाई सम्मान गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय