LIVE
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने | दशैँमा विपन्न परिवारलाई सहयोग गर्दै ‘भगौँ अभियान नेपाल’ |
प्रधानमन्त्री वालेन्द्र शाह । फाइल तस्बिर

काठमाडौँ, कार्तिक ९ गते । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता ‘नेपाल प्रिमियर लिग (एनपिएल)’ को तेस्रो संस्करणको उद्घाटनका अवसरमा सफलताको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।

आजदेखि औपचारिक रूपमा सुरु हुन लागेको सो  भव्य खेलकुद महाकुम्भले छोटो समयमै देशकै प्रमुख खेलकुद उत्सवको रूपमा ख्याति कमाउन सफल भएको उहाँले बताउनुभएको छ।

सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्नुहुँदै प्रधानमन्त्री शाहले भन्नुभएको छ, ‘नेपालको सबैभन्दा ठुलो खेलकुद प्रतियोगिता, नेपाल प्रिमियर लिग (एनपिएल) आजबाट सुरु हुँदैछ र यो केही वर्षमै एक ठुलो खेलकुद प्रतियोगितामा परिणत भएको छ। लिगमा सामेल हुने सबै अन्तर्राष्ट्रिय खेलाडीहरू, कमेन्टेटरहरूलाई हार्दिक स्वागत छ र यस सुन्दर कार्यक्रमको लागि सबै नेपाली खेलाडीहरू, आयोजकहरू र क्यानलाई शुभकामना। नेपाली क्रिकेट अमर रहोस्।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय