LIVE
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने | दशैँमा विपन्न परिवारलाई सहयोग गर्दै ‘भगौँ अभियान नेपाल’ |

काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने भएका छन् । प्रधानमन्त्री शाहकी प्रेस विज्ञ दीपा दाहालले प्रधानमन्त्री एनपीएलको उद्‌घाटनमा सहभागी हुने बताइन् ।

कीर्तिपुर जानुअघि प्रधानमन्त्री शाहले फेसबुकमार्फत शुभकामना पनि दिएका छन् । उद्‌घाटन दिउँसो ५ बजे हुनेछ ।

तेस्रो संस्करण सुरु हुनु केही घण्टाअघि उनले शुभकामना दिएका हुन् । सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले एनपीएल नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता भएको र केही वर्षकै छोटो अवधिमा यसले एउटा भव्य खेलकुद उत्सवको रूप लिन सफल भएको बताएका छन् ।

प्रधानमन्त्रीको स्टाटसमा लेखिएको छ– ‘लिगमा सहभागी हुन आएका सबै अन्तर्राष्ट्रिय खेलाडी तथा कमेन्टेटरहरूलाई हार्दिक स्वागत छ । यस भव्य प्रतियोगिताको सफल आयोजनाका लागि सम्पूर्ण नेपाली खेलाडी, आयोजक तथा नेपाल क्रिकेट संघ (क्यान) लाई हार्दिक शुभकामना ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय