LIVE
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने | दशैँमा विपन्न परिवारलाई सहयोग गर्दै ‘भगौँ अभियान नेपाल’ |

कार्तिक १०, काठमाडौँ ।

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा (छोइङ डोल्मा लामा मोक्तान)को नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन भएको छ ।

डोल्माको नियुक्तिको विरोधमा सोमबार लुम्बिनी विकास कोष तथा गुम्बा विकास समिति बचाऊ संयुक्त समिति तथा तामाङ नागरिक समाजको अगुवाइमा माईतीघर मण्डलामा प्रदर्शन गरिएको हो ।

बौद्ध भिक्षुणी डोल्माले नागरिकता किर्ते गरेको तथा सम्पती शुद्धीकरणको मुद्दा विचाराधिन रहेको अवस्थामा सरकारले नियुक्त गरेको उनीहरुको आरोप छ ।

डोल्माको नियुक्ति खारेज गरी उनको नागरिकता तथा सम्पती शुद्धीकरणको मुद्दालाई यथाशिघ्र टुंगोमा पु¥याउनुपर्ने उनीहरुको माग छ ।  सरकारले प्रशासनिक क्षेत्रमा राजनीतिक नियुक्त गरिरहेको भन्दै उनीहरुले आपत्ति जनाए । नागरिकता नै विवादमा रहेको व्यक्तिलाई कोषको उपाध्यक्षमा नियुक्त गरिएको भन्दै  डोल्माको नियुक्ति खारेज गर्न समेत माग गरे ।

तामाङ समुदायको प्रतिनिधित्व गर्नको लागि तामाङ नै हुनुपर्छ भन्ने आफूहरुको माग रहेको उनीहरुको भनाइ छ ।  भोलिको दिनमा डोल्मालाई समेत समस्या नहोस् र कोषको समेत हित होस् भनेर नै आफूहरु आन्दोलनमा आएको बताए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रश्तावमा गत असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकले डोल्मालाई कोषको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय