LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

काठमाडौँ, ७ असोज : मुस्लिम आयोगले उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेट गरी सर्लाहीको मलङ्गवा नगरपालिकामा मूर्ति सेलाउने क्रममा उत्पन्न द्वन्द्वले धार्मिक सहिष्णुता खलबल्याउने प्रयास भएको भन्दै ध्यानाकर्षण गराएको छ ।

आयोगका अध्यक्ष समिम मियाँ अन्सारीसहितको प्रतिनिधि मण्डललले आज उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठलाई भेट गरी मलङ्गवासहित मधेस प्रदेशका केही जिल्लामा अराजक तत्वहरूले धार्मिक सहिष्णुता खलबल्याउने प्रयास गरिरहेको भन्दै दोषीलाई कडाभन्दा कडा कारबाहीको माग गरेको हो ।

विश्वकर्मा पूजाको मूर्ति सेलाउन ट्रयाक्टरमा मलङ्गवा नगरपालिका–३ विश्वकर्मा चो पोखरीमा सेलाउन लैजाने क्रममा ट्रयाक्टरमा बजिरहेको डिजे बाजाको विषयलाई लिएर विवाद बढेपछि तनावको स्थिति सिर्जना भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय