LIVE
जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? | पर्यटकको बसाइ अवधि लम्ब्याउन नसकेकोप्रति चिन्ता व्यक्त | वडास्तरीय भजन प्रतियोगिता तथा १०९ औं लोकभजन तथा सत्संग कार्यक्रम सम्पन्न |

भक्तपुर, ७ असोज : पूर्वराजा ज्ञानेन्द्र शाहले पहिलो पटक भक्तपुरस्थित तलेजु र आकाश भैरवको पूजा एवं दर्शन गर्नुभएको छ । भक्तपुरका स्थानीय जनताको अनुरोधलाई स्वीकार्दै आज भक्तपुर पुग्नुभएको हो ।

गणतन्त्र घोषणापछि पूर्वराजा ज्ञानेन्द्रले आज भक्तपुरको दरबारस्क्वायरमा रहेको तलेजु भवानी र तौमढीमा रहेको आकाश भैरवको दर्शन एवं पूजा गर्नुभएको हो । उहाँको स्वागतका लागि ठूलो सङ्ख्यामा स्थानीयवासी दरबरस्क्वायर परिसरमा नेपालको राष्ट्रिय झन्डा बोकेर सहभागी भएका थिए । स्वागतमा झाँकी, विभिन्न सांस्कृतिक नाच एवं बाजाहरु बजाइएको थियो ।

स्थानीयवासी अनन्तप्रसाद धौभडेलको संयोजकत्वमा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश सांसद तथा केन्द्रीय सदस्य, नेपाली सेनाका पूर्वकर्णेल, जर्नेल एवं पूर्वमन्त्री एवं केन्द्रीय नेता टङ्क ढकाल, राप्रपाका सहमहामन्त्री रवीन्द्रप्रताप शाह, केन्द्रीय सदस्य रामहरि थापा, जमुना थापा, कार्यक्रमका सदस्यसचिव रामेश्वर थापा, मुकुन्द कार्कीलगायतका केन्द्रीय तथा जिल्ला नेताहरुले स्वागत गरेका थिए ।

भक्तपुर दरबार क्षेत्रस्थित खौमा गेटमा पूर्वराजा ज्ञानेन्द्रको स्वागत गरिएको थियो । त्यहाँबाट पैदल हिँडेर उनी भक्तपुर तलेजु पुग्नुभएको थियो भने त्यहाँ दर्शनपछि फेरि पैदल नै हिँडेर टौमढीस्थित भैरवनाथ मन्दिर पुग्ने पूजा एवं दर्शन गर्नुभएको थियो ।

तलेजु भवानी र भैरवानाथको दर्शनपछि पूर्वराजा ज्ञानेन्द्रले सल्लाघारीस्थित होटल ग्रिनल्यान्डमा जनतासँग भेट गर्नुभएको छ । त्यस क्रममा पत्रकारसँग उहाँले भक्तपुरको जनताको अपार माया पाएको प्रतिक्रिया दिँदै जनतासँग भेट्न पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले जनताको माया लागेको बताउँदै आफूप्रतिको विश्वास देखेर खुसी लागेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय