LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

कपिलवस्तु : रुपन्देही जिल्लाको देवदह नगरपालिका वडा नं ४ भवानीपुरमा अवस्थित प्रख्यात मायादेवी माइती मन्दिर। भवानीपुर जसलाई देविडानगर पनि भनिन्छ। प्राचीन देवदह, कोलियाहरुको राजधानी थियो भन्ने विश्वास गरिन्छ।

यस स्थलमा गौतमबुध्दको आमा, अर्थात् रानी मायादेवीलाई समर्पित मन्दिर छ। स्थानीयवासीका अनुसार, यत्रतत्र छरिएर रहेका विभिन्न प्रस्तर, प्रतिमाहरु एकत्रित गरी संरक्षण गर्ने अभिप्रायले स्थानीय जमिन्दार किस्मतबहादुर मुनडकर्मीले २०१३ सालमा मायादेवी माइती मन्दिर बनाएका हुन्।

मन्दिरको गर्भगृहमा निकै नै कलात्मकशैलीको विभिन्न देव देवता र शिला प्रस्तर आदिका प्रतिमा छन्। महत्वपूर्ण धार्मिक र पुरातात्विक वस्तुमा मन्दिरको दाहिनेतर्फ ढुंगाको स्तम्भ समावेश छ, जसलाई फलामको बारले घेरा लगाइएको छ।

स्थानीयवासीले यसलाई अशोक स्तम्भ, सूर्यदेव आदि मानेका छन्। दाहिनेतर्फ नै प्राचीन इनारसमेत रहेको छ जसलाई भक्तजनहरु पूजा अर्चना गर्दछन्।

मायादेवी माइती मन्दिरको अगाडि २ वटा शिला र मन्दिरको मूलव्दारको बाहिर दाहिने र बायाँतर्फ विभिन्न देवदेवताका मूर्तिहरु छन्। मन्दिरको बायाँतर्फ शिव मन्दिर छ भने शिव मन्दिरको परिसरमा अन्य विभिन्न देव देवताका मूर्ति छन्। मन्दिरको अगाडि फूल बगैँचाहरुले मन्दिर परिसरको सौन्दर्य बढाएको छ।

यही स्थलमा गौतम बुध्दको मामा घर थियो। भगवान गौतममबुध्दको समयकालभन्दा दुईसय वर्षअघिदेखि कोलिय गणराज्य ऐतिहासिक निर्माण भइसकेको देखिन्छ। श्रावस्तीमा अन्तिम पच्चीसौं बर्षावास बिताउने क्रममा बुध्दले देवदेहको विभिन्न जनपद्हरु मध्यमा कस्बा, कक्करदत्त, कुण्डधाम वन, सज्जनेल, हलिदवसन जस्ता स्थानको भ्रमण गौतमबुध्दले यही गर्नुभएको थियो।

कोलिय राजा अन्जनका दुवै छोरी महामाया देवी र प्रजापती गौतमी अन्ततः प्राचीन कपिलवस्तुका राजा शुध्दोधनको रानी बन्न पुगे। फलतः महामाया जसले भगवान बुध्दको माता बन्ने अवसर प्राप्त गरिन्। यसरी नै गौतमीले बालक सिध्दार्थको पालनपोषण गर्ने जिम्मा समेत पाएका थिए। सिध्दार्थ योग्य भएपछि दण्डपाणिका कोलियपुत्री यशोधरासँग वैवाहिक सम्बन्ध कायम गर्न पुगेका थिए।

दण्डपाणी नाताले सिध्दार्थका मामा भए पनि उनैका छोरीसँग सिध्दार्थको विवाह सम्बन्ध कायम गर्नु तत्कालीन समयमा स्वीकार्य थियो।यो सम्पूर्ण क्षेत्र निकै नै पुरातात्विक महत्व बोकेको महत्वपूर्ण स्थल हो। गौतम बुध्दको मामावली र ससुराली एकै घर अर्थात् यही स्थलमा थियो।

चिनियाँ यात्रीद्वय फाहियान र हृवेनसाङको भ्रमणको विवरणको अध्ययन गरी लुम्बिनी, कपिलवस्तु, निग्लिहवा, गोटीहवाका साथै अन्य ठाउँको सम्बन्धमा निर्क्योल गर्न सफल भएका थिए। त्यसरी नै देवदहका सम्बन्धमा उहाँहरुबाट निर्क्योल नै गर्न सकिएको थिएन। लुम्बिनी र प्राचीन कपिलवस्तुका विभिन्न स्थानका साथै रामग्रामको निर्क्योल भएपछि त्यसको पूर्व दिशामा रहेका जम्मै भूभाग स्वतः देवदह क्षेत्र हो।

मायादेवी माइती मन्दिर हरियालीको मध्य भाग र शान्त वातावरणमा छ। स्थानीय भक्तजनहरु, बौध्द धर्मावलम्बीहरु, स्वदेशी पर्यटकहरु यस स्थलको अवलोकन गर्दा मायादेवी माइती मन्दिरको पूजा अर्चना गर्दछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय