LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

रुपन्देही : रुपन्देहीको कञ्चन गाउँपालिका १ बेलभरियामा रहेको प्रगति नमूना माध्यमिक विद्यालयले बाल कक्षादेखि कक्षा १२ सम्म अध्ययन गर्ने विद्यार्थीका अभिभावकहरुका लागि दुई दिने अभिभावक उत्प्रेरणा कार्यक्रम सम्पन्न गरेको छ ।

आईतवार र सोमबार गरि दुई दिन आयोजित कार्यक्रममा अभिभावकहरुको उत्साहजनक सहभागीता रहेको थियो । आईतबार कक्षा ७, ८, ९ र १० कक्षाका अभिभावकहरुका लागि उत्प्रेरणा तालिम गरिएको थियो भने सोमबार बाँकी कक्षाका विद्यार्थीका अभिभावकहरुको सकृयतापूर्वक सहभागीता रहेको थियो ।

अभिभावक उत्प्रेरणा तालिम आयोजना गर्नुको मूख्य उद्देश्यका बिषयमा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चुरामणि पौडेलले अभिभावकहरुमा पनि अभिभावक शिक्षाको आवश्यकता रहेकोले यस प्रकारको कार्यक्रम जरुरी रहेकोमा जोड दिनुभयो । उहाँले बालबालिकाहरु विद्यालयमा जति नै राम्रोसंग पढेपनि अभिभावकले घरमा शिक्षाको संस्कार दिन सकेन भने त्यो निरर्थक हुने भएकोले यस किसिमको अभिभावक उत्प्रेरणा तालिम दिएको बताउनु भयो ।

 

त्यसैगरि कार्यक्रममा कञ्चन गाउँपालिकाका शिक्षा शाखा प्रमुख रमेश भुसालले अभिभावकले आफ्नो बालबालिकालाई विद्यालयले कस्तो प्रकारको शिक्षा दिएको छ भन्ने बिषयमा अभिभावकहरु समेत सचेत हुनुपर्ने बताउँदै बालबालिकाहरुको पढाईप्रतिको रुची र लगनशीलता बढाउन घर परिवारदेखि विद्यालय सवैको उत्तिकै भूमिका हुने उल्लेख गर्नुभयो ।

त्यसैगरी कार्यक्रममा विद्यालयका प्रधानाध्यापक गणेश पौडेलले दुई तीन बर्षअघिदेखि कोभिडका कारण विद्यार्थीको अध्ययनमा प्रभाव परेको बताउँदै बालबालिकाको सिकाई जति हुनुपर्ने हो त्यो हुन नसकेको बताउँदै यो बर्षलाई शैक्षिक सुधारको बर्षको रुपमा लिएको बताउनु भयो । उहाँले बालबालिकाको सिकाईमा भएको रिक्ततालाई पूरा गर्न विद्यालयले अहिले सकृयता देखाएको बताउनु भयो । विद्यालय र अभिभावकबीचको सम्वन्धलाई सुधार गर्ने उद्देश्य पनि उत्प्रेरणा तालिमको उद्देश्य रहेको प्रधानाध्यापक पौडेलको भनाई छ ।

यसैगरी तालिम लिएपछि बोल्दै अभिभावक टेकवहादुर विकले पछिल्लोसमय प्रगती माविले शिक्षाको विकासमा धेरै राम्रो प्रगति गरेको बताउँदै यस प्रकारका तालिमले विद्यार्थीलाई मात्रै नभई अभिभावकहरुलाई समेत शिक्षा प्रदान गरेकोले यस प्रकारका उत्प्रेरणा तालिमलाई आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गर्नुभयो ।

अभिभावक उत्प्रेरणा तालिममा विद्यालयमा अध्ययन गर्ने बालबालिकाका अभिभावकहरुको उल्लेख्य सहभागिता रहेको थियो । विद्यालयले पछिल्लोसमय पढाईसंगै रचनात्मक, शिक्षामूलक र उत्प्रेरणामूलक कार्यक्रम तथा तालिममा जोड दिदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय