LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

रुपन्देही : रुपन्देहीको कञ्चन गाउँपालिका १ बेलभरियामा रहेको प्रगति नमूना माध्यमिक विद्यालयले बाल कक्षादेखि कक्षा १२ सम्म अध्ययन गर्ने विद्यार्थीका अभिभावकहरुका लागि दुई दिने अभिभावक उत्प्रेरणा कार्यक्रम सम्पन्न गरेको छ ।

आईतवार र सोमबार गरि दुई दिन आयोजित कार्यक्रममा अभिभावकहरुको उत्साहजनक सहभागीता रहेको थियो । आईतबार कक्षा ७, ८, ९ र १० कक्षाका अभिभावकहरुका लागि उत्प्रेरणा तालिम गरिएको थियो भने सोमबार बाँकी कक्षाका विद्यार्थीका अभिभावकहरुको सकृयतापूर्वक सहभागीता रहेको थियो ।

अभिभावक उत्प्रेरणा तालिम आयोजना गर्नुको मूख्य उद्देश्यका बिषयमा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चुरामणि पौडेलले अभिभावकहरुमा पनि अभिभावक शिक्षाको आवश्यकता रहेकोले यस प्रकारको कार्यक्रम जरुरी रहेकोमा जोड दिनुभयो । उहाँले बालबालिकाहरु विद्यालयमा जति नै राम्रोसंग पढेपनि अभिभावकले घरमा शिक्षाको संस्कार दिन सकेन भने त्यो निरर्थक हुने भएकोले यस किसिमको अभिभावक उत्प्रेरणा तालिम दिएको बताउनु भयो ।

 

त्यसैगरि कार्यक्रममा कञ्चन गाउँपालिकाका शिक्षा शाखा प्रमुख रमेश भुसालले अभिभावकले आफ्नो बालबालिकालाई विद्यालयले कस्तो प्रकारको शिक्षा दिएको छ भन्ने बिषयमा अभिभावकहरु समेत सचेत हुनुपर्ने बताउँदै बालबालिकाहरुको पढाईप्रतिको रुची र लगनशीलता बढाउन घर परिवारदेखि विद्यालय सवैको उत्तिकै भूमिका हुने उल्लेख गर्नुभयो ।

त्यसैगरी कार्यक्रममा विद्यालयका प्रधानाध्यापक गणेश पौडेलले दुई तीन बर्षअघिदेखि कोभिडका कारण विद्यार्थीको अध्ययनमा प्रभाव परेको बताउँदै बालबालिकाको सिकाई जति हुनुपर्ने हो त्यो हुन नसकेको बताउँदै यो बर्षलाई शैक्षिक सुधारको बर्षको रुपमा लिएको बताउनु भयो । उहाँले बालबालिकाको सिकाईमा भएको रिक्ततालाई पूरा गर्न विद्यालयले अहिले सकृयता देखाएको बताउनु भयो । विद्यालय र अभिभावकबीचको सम्वन्धलाई सुधार गर्ने उद्देश्य पनि उत्प्रेरणा तालिमको उद्देश्य रहेको प्रधानाध्यापक पौडेलको भनाई छ ।

यसैगरी तालिम लिएपछि बोल्दै अभिभावक टेकवहादुर विकले पछिल्लोसमय प्रगती माविले शिक्षाको विकासमा धेरै राम्रो प्रगति गरेको बताउँदै यस प्रकारका तालिमले विद्यार्थीलाई मात्रै नभई अभिभावकहरुलाई समेत शिक्षा प्रदान गरेकोले यस प्रकारका उत्प्रेरणा तालिमलाई आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गर्नुभयो ।

अभिभावक उत्प्रेरणा तालिममा विद्यालयमा अध्ययन गर्ने बालबालिकाका अभिभावकहरुको उल्लेख्य सहभागिता रहेको थियो । विद्यालयले पछिल्लोसमय पढाईसंगै रचनात्मक, शिक्षामूलक र उत्प्रेरणामूलक कार्यक्रम तथा तालिममा जोड दिदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय