LIVE
२१४ सुकुम्वासी परिवार सरकारको सम्पर्कमा, काठमाण्डाैका ३ बस्ती अतिक्रमणमुक्त | लुम्बिनी रोड रेसमा सेनाका खड्का र न्यौपाने विजेता | सैनामैनाका सूर्य बानियाले अमेरिकाबाट गरे सूचना सुरक्षामा पिएचडी, डिजिटल ट्रान्सफर्मेसनको क्षेत्र नेपालका लागि मार्गदर्शन बन्न सक्ने। | नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै | नारायणीमा तटबन्ध निर्माण तीव्र | बुटवलमा जीतगढी विजय उत्सव | दुधराक्ष देविस्थान खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको अध्यक्षमा खनाल | सिद्धबाबा तथा दुर्गा मन्दिर व्यवस्थापन समितिको अध्यक्षमा शिव घिमिरे | गौतमबुद्ध प्रेस क्लबद्वारा वार्षिक भित्ते पात्रो विमोचन | प्राकृतिक चिकित्सा केन्द्रको १४ औं बार्षिक साधारण सभा सम्पन्न |

सामाजिक सञ्जालमार्फत् अश्लिल गालीगलौज गरेको आरोपमा रूपन्देहीका एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  सैनामैना नगरपालिका वडा नं २ का दिपक गलामीले सामाजिक सञ्जालमार्फत् विभिन्न व्यक्तिहरूलाई अश्लिल गालीगलौज गरेको आरोप छ। विदेशमा रहेका गलामीले सामाजिक सञ्जालमा अरूका विरूद्ध अश्लिल गालीगलौज गर्दै स्टाटस लेख्ने, अरूको स्टाटसमा कमेन्ट गर्ने लगायतको कार्य गरेकोले उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार गत अगस्ट २८ तारिखका दिन गलामीले गृहमन्त्री नारायणकाजी श्रेष्ठका विरूद्ध अश्लिल शब्द सहितको स्टाटस सामाजिक सञ्जालमा लेखेका थिए।केहीबेर अघि मात्र नेपाल आएको मौका पारेर गलामीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।


इलाका प्रहरी कार्यालय बुटवलका अनुसार गलामीले सामाजिक सञ्जालको दुरूपयोग गरेर अश्लिल शब्दले गालीगलौज गर्ने गरेको र स्थानीयहरूलाई समेत अश्लिल शब्द प्रयोग गरी गालीगलौज गर्ने गरेको निवेदनका आधारमा नियन्त्रणमा लिइएको हो।इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले गलामीले सामाजिक सञ्जालको दुरूपयोग गर्दै अश्लिल शब्द प्रयोग गरेर कमेन्ट तथा पोष्ट गर्ने गरेको भन्ने निवेदन परेकोले सम्झाई बुझाई गर्न नियन्त्रणमा लिइएको बताए। गलामीविरूद्ध सामाजिक सञ्जालको दुरूपयोग गरेको भन्ने ठाडो निवेदन रहेकोले गल्ती महसुस गराएर हटाउन लगाउने प्रहरी नायब उपरीक्षक थापाले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय