LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

इलाका प्रहरी कार्यालय सालझण्डी रुपन्देहीको टोलीले ४ ग्राम ६० मिलिग्राम लागु औषध खैरो हेरोईन सहित एक युवकलाई पक्राउ गरेको छ ।
यही असोज १३ गते राती साढे ११ बजेको समयमा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सैनामैना नगरपालिका वडा न. ११ फायरलाईनमा चेकजाचको क्रममा उक्त युवक पक्राउ परेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा सैनामैना नगरपालिका वडा न. ११ बस्ने वर्ष २६ को चित्रबहादुर मल्ल रहेको र उनको साथबाट चार ग्राम साठी मिलिग्राम लागु औषध खैरो हेरोईन बरामद गरिएको हो ।
पक्राउ परेका मल्ल लु ६४ प ४०४ नम्बरको स्कुटरमा हरैया रुद्रपुर तर्फबाट आउदै गरेको अवस्थामा प्रहरी चेकिङमा परेका थिए ।

यसैगरी इलाका प्रहरी कार्यालय सालझण्डीले सालझण्डीमा लागूऔषध दुव्र्यसनी बिरुद्ध प्रशिक्षण प्रदान गरेको छ । पशुपति माध्यमिक विद्यालयसंग समन्वय गरी विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष, विद्यालयका प्राचार्य तथा अन्य शिक्षकहरु समेतको उपस्थितिमा कक्षा ११ र १२ मा अध्ययनरत करिव ९५ जना विद्यार्थीहरुलाई लागूऔषध दुव्र्यसनी बिरुद्ध प्रशिक्षण प्रदान गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय