LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

नबिन घिमिरे
कञ्चन

समुन्नत कञ्चन सुखी कञ्चनबासी भन्ने नारा लिएको रुपन्देहीको कञ्चन गाउँपालिकाले कञ्चन गाउँपालिका अन्तरगत रहेका माध्यमिक विद्यालय लक्षित स्वास्थ्य शिक्षा तथा शिविर आयोजना गरेको छ ।
लुम्बिनी प्राविधिक हेल्थ केयर कन्सल्टेन्सी प्रालि बुटवलको प्राविधिक सहयोग रहेको शिवीरमा दन्तपरिक्षण तथा स्वस्थ्य रहन अपनाउनु पर्ने विभिन्न स्वास्थ्य शिक्षाका विषयमा विद्यार्थीहरुलाई जानकारी दिइएको थियो ।

कार्यक्रममा स्वास्थ्यकर्मीहरुले बिद्यार्थी उमेरमा आउन सक्ने स्वास्थ्य समस्या , त्यसको पहिचान र समाधानको बिषयमा जानकारी दिएका थिए ।

कार्यक्रमको छैठौ दिन हरैया माध्यमिक बिद्यालयमा भएको कार्यक्रमको अनुगमन गर्ने क्रममा बोल्दै कञ्चन गाउँपालिकाकी उपाध्यक्ष मौसमी थामा मगरले कञ्चनका १० वटा सामुदायिक विद्यालयका भाई बहिनीहरुको स्वास्थ्य शिक्षा र चेतनाका लागि यो कार्यक्रम सुरु गरिएको बताउनु भयो । उहाँले स्वास्थ्य नै सबैभन्दा ठूलो सम्पत्ति भएकोले पालिकाले बजेट नै विनियोजन गरेर कार्यक्रम गर्न थालिएको जानकारी दिनुभयो ।


यसैगरी कार्यक्रमको उद्देश्य र औचित्यका बिषयमा बोल्दै कञ्चन गाउँपालिकाका शिक्षा शाखा प्रमुख रमेश भुसालले कार्यक्रमको मूख्य उद्देश्य भनेको कक्षा ९ देखि १२ कक्षासम्म अध्ययन गर्ने भाई बहिनीहरुलाई स्वास्थ्यका विषयमा जानकारी दिने उद्देश्य रहेको बताउनु भयो । खासगरि युवा अवस्थामा पुगेका विद्यार्थीहरुले आफ्नो स्वास्थ्य अवस्था पहिचान गर्ने र आवश्यक परेमा उनीहरुलाई परामर्श समेत प्रदान गर्ने गरि स्वास्थ्य शिक्षा तथा शिवीर आयोजना गरिएको बताइएको छ । स्वास्थ्य शिक्षा र शिवीरबाट स्वास्थ्यका बिषयमा धेरै सचेतनामूलक जानकारी पाएको र यसबाट आफूहरुलाई स्वास्थ्य सावधानी अपनाउन सहयोग पुग्ने विद्यार्थीहरुले बताएका छन ।

कार्यक्रममा बोल्दै कञ्चन गाउँपालिका वडा नं. ३ का अध्यक्ष मधु सापकोटाले बिद्यार्थी उमेरमा धेरै जानकारी प्राप्त भए पनि आफुलाई आबश्यक जानकारी लिने र अनाबश्यक जानकारीलाई हटाउन सक्यो भने सफल हुन सहयोग पुग्ने बताउनु भयो ।


कञ्चन गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रममा शिक्षालाई प्रमुख प्राथमिकता दिएर विभिन्न स्वास्थ्य शिक्षा, सचेतनामूलक र रचनात्मक कार्यक्रम गर्ने उद्देश्यले बजेट विनियोजन गरेर विभिन्न कार्यक्रम गर्दै आएको छ । मंगलवार भएको स्वास्थ्य शिक्षा तथा शिविरमा दुईसय बढी विद्यार्थीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय