LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |
फाईल तस्बिर

 

सरकारले चाडपर्वको समयमा उच्च माग हुने खाद्य तथा गैरखाद्य वस्तुकाे कृत्रिम अभाव सिर्जना गरी अस्वाभाविक मूल्यवृद्धि गर्दै बिक्री नगर्न उद्योगी व्यवसायीहरूको ध्यानाकर्षण गराएको छ ।

आज मङ्गलवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले बजारमा कृत्रिम अभाव सिर्जना नगर्न र कालाेबजारी नगर्न उद्याेगी व्यवसायीहरूलाई आग्रह गरेकाे हाे । सरकारले कृत्रिम अभाव र कालोबजारी गर्नेलाई कानुनबमोजिम कडा कारबाही गर्ने चेतावनी पनि दिएकाे छ । सरकारले हेलो सरकार, वाणिज्य विभागको पोर्टल वा टोल फ्री नम्बर ११३७ मा कृत्रिम अभाव र कालाेबजारीकाे सूचना दिन पनि आग्रह गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयाे ।

उहाँले भन्नुभयो, ‘चाडपर्वको अवसरमा उच्च माग हुने खाद्य तथा गैरखाद्य वस्तुकाे कृत्रिम अभाव सिर्जना गरी अस्वाभाविक मूल्यवृद्धि तथा कालोबजारी गरी बिक्री गर्ने काम नगर्न/नगराउन सम्पूर्ण उद्योगी व्यवसायीहरूलाई नेपाल सरकारले ध्यानाकर्षण गराउँछ । अस्वाभाविक मूलयवृद्धि र कालोबजारी गर्ने, कृत्रिम अभाव सिर्जना गर्ने, अस्वाभाविक नाफाखोरी गर्ने र अस्वाभाविक मूल्यवृद्धि गर्ने जो कोहीलाई प्रचलित कानुन बमोजिम कडा कारबाही गर्ने र त्यसकाे प्रतिवेदन सर्वसाधारण सबैको जानकारीका लागि सम्बन्धित निकायबाट दैनिक रूपमा सम्प्रेषित गर्न नेपाल सरकार निर्देशन गर्दछ ।’

बैठकले उपभोग्य वस्तुको बिक्रीसँगै सम्बन्धित सार्वजनिक निकायले तत्काल देशभर सुपथ मूल्यका पसल सञ्चालन गर्ने, बजार अनुगमनका लागि स्थापित सम्पूर्ण संयन्त्रलाई थप सक्रिय र क्रियाशील बनाई बजार अनुगमनलाई प्रभावकारी बनाउने निर्णय गरेको मन्त्री शर्माले बताउनुभयाे ।

बैठकले विशेष अदालतसम्बन्धी नियमावली २०८० स्वीकृत गर्ने, व्यवस्थापन तथा नियमन विधेयक २०८० सङ्घीय सरकारमा पेस गर्न स्वीकृति दिने, शहीद दशरथ चन्द्र स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० पनि सङ्घीय सरकारमा पेस गर्न स्वीकृति दिने निर्णय पनि गरेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय