नेकपा एकिकृत समाजवादीको मेची महाकाली जागरण अभियान अन्तर्गत आईतबारल र बुटव भैरहवामा जनसभा हुने भएको छ ।
नेकपा एकीकृत समाजवादी रुपन्देही जिल्ला कमिटीले शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरी असोज २१ गते शनिबार भैरहवा र बुटवलमा जनसभा गर्ने जनाएको हो । कार्यबाहक अध्यक्ष श्रीराम यादवले शनिबार विहान ११ बजे भैरहवास्थित मिलनचोक र सोही दिन दिउँसो ३ बजे बुटवल ट्राफिकचौकमा जनसभा गर्ने बताउनु भयो ।
उहाँका अनुसार २२ गते विहान ८ बजे बुटवल सिद्धार्थ कटेजमा अन्तक्रिया कार्यक्रम राखिएको छ । अन्तरक्रिया तथा सभालाई पार्टी अध्यक्ष माधवकुमार नेपाल, महासचिव घनश्याम भुसालसहित केन्द्रीय नेतृत्वले सम्बोधन गर्नेछन्।
पत्रकार सम्मेलनमा नेकपा एकिकृत समाजवादीका केन्द्रीय सचिव एंव पूर्व कृषि मन्त्री हरिप्रसाद पराजुलीले मूलूकबाट युवा जनशक्ति पलायन भइरहेकाले त्यसलाई रोक्नका लागि बेरोजगार उन्मूलन गर्नुपर्ने बताउनु भयो ।
समाजवादी पार्टीले रुपन्देहीमा जागरण अभियान अन्तर्गत शनिबार धकधईबाट अभियालाई स्वागत गर्ने कार्यक्रम रहेको पार्टी उपसचिव टंक पोखरेलले जानकारी दिनुभयो । असोज १४ गते मेचीदेखि शुरु भएको समाजवादी जागरण अभियान २९ गते महाकाली पुगेर समापन हुनेछ । पत्रकार सम्मेलनमा नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य सिद्धिचरण भट्टराई, प्रदेश कमिटि सदस्य हिराध्वज शाह, अर्का सदस्य कमल प्रसाद भण्डारी लगायतका नेताहरुको उपस्थिती रहेको थियो ।

नेकपा एकिकृत समाजवादीको मेची महाकाली जागरण अभियान अन्तर्गत आईतबार बुटवल र भैरहवामा जनसभा हुने भएको छ ।