LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

दशैं र तिहार आउँदै गर्दा सर्वसाधारण यात्रुको ढाड सेक्ने गरी भाडा दर असुल गर्ने यातायात व्यवसायीहरूले फेरी पनि दशैंको मुखमा भाडा दर वृद्धि गर्ने तयारीमा जुटेका छन् । पटक पटकको भाडा वृद्धिले हैरान बनेका सर्वसाधारणलाई फेरि पनि भाडा वृद्धि गर्न व्यवसायीले सरकारसंग माग गरेका छन ।
भौतिक पूर्वाधार यातायात मन्त्रालयका सिनियर डिभिजन इन्जिनियर सुरेश श्रेष्ठका अनुसार भाडादर बढाउनेबारे कुनै निर्णय भएको छैन । बढाएको पाएमा कडा कारबाही गर्ने उहाँले बताउनु भयो ।
यता व्यवसायीले दसैँ तिहारका लागि अग्रिम टिकट खोल्नुपर्ने भए पनि हालसम्म नखोलेको र भाडादर वृद्धि गरेपछि मात्र खोल्ने तयारी गरेको एक व्यवसायीले जानकारी दिए । तर अग्रिम टिकट खोल्नेबारे तत्काल कार्य अगाडि बढाउन मन्त्रालयले निर्देशन दिएको श्रेष्ठले बताउनुभयो । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छैन । त्यस कारण भाडादर बढ्नुपर्ने कुनै कारण छैन, उहाँको भनाइ छ ।
चैतमा मूल्य समायोजन गर्नुपर्ने भाडा समायोजन नभएकाले भाडा समायोजन गर्नुपर्ने भन्दै व्यवसायीहरूले माग गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाका अनुसार सरकारले गत चैत्रमा समायोजन गर्ने भनेको भाडा दर नबढाएसम्म अग्रिम टिकट गाह्रो हुन्छ ।
व्यवसायीले पहिलेदेखि नै सडकको अवस्थालाई जनाउँदै पटक पटक भाडा दर बढाउन माग गर्दै आए पनि आधार पुष्टि नभएको भन्दै मन्त्रालयले वृद्धि गर्न स्वीकृति दिएको छैन । दसैँ तिहार जस्ता ठुला चाडपर्वको समयमा यात्रुका लागि सहुलियत दिनुपर्ने भएकाले अहिले भाडा बढाएर यात्रुलाई अप्ठ्यारो पार्ने मनसायमा सरकार नभएको श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय