LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

 

डि यन के खनाल

एसियाली खेलकुदअन्तर्गत क्रिकेटमा पाकिस्तानलाई हराउँदै अफगानिस्तान फाइनलमा पुगेको छ ।
चीनको हाङझाउमा शुक्रवार भएको दोस्रो सेमिफाइनल खेलमा अफगानिस्तानले पाकिस्तानलाई ४ विकेटले हरायो । पाकिस्तानले दिएको १ सय १६ रनको सामान्य लक्ष्य अफगानिस्तानले १७ ओभर ५ बलमा ६ विकेट गुमाएर भेटायो । अफगानिस्तानका नूर अली जदरानले सर्वाधिक ३९ रन बनाए । यस्तै कप्तान गुलबदिन नइबले नटआउट २६ रन बनाए । बलिङतर्फ पाकिस्तानका अराफत मिनहस र उस्मान कदिरले २÷२ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तान १८ ओभरमा १ सय १५ रन बनाउँदा अल आउट भयो । पाकिस्तानका ओभर युसुफले सर्वाधिक २४ रन बनाए । बलिङतर्फ अफगानिस्तानका फरीद अहमदले ३ तथा कइस अहमद र जहिर खानले २÷२ विकेट लिए ।
अब अफगानिस्तानले फाइनलमा भोलि शनिवार भारतसँग खेल्नेछ । आजै भएको पहिलो सेमिफाइनलमा बङ्गलादेशलाई हराउँदै भारत फाइनलमा पुगिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय