LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

 

डि यन के खनाल

एसियाली खेलकुदअन्तर्गत क्रिकेटमा पाकिस्तानलाई हराउँदै अफगानिस्तान फाइनलमा पुगेको छ ।
चीनको हाङझाउमा शुक्रवार भएको दोस्रो सेमिफाइनल खेलमा अफगानिस्तानले पाकिस्तानलाई ४ विकेटले हरायो । पाकिस्तानले दिएको १ सय १६ रनको सामान्य लक्ष्य अफगानिस्तानले १७ ओभर ५ बलमा ६ विकेट गुमाएर भेटायो । अफगानिस्तानका नूर अली जदरानले सर्वाधिक ३९ रन बनाए । यस्तै कप्तान गुलबदिन नइबले नटआउट २६ रन बनाए । बलिङतर्फ पाकिस्तानका अराफत मिनहस र उस्मान कदिरले २÷२ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तान १८ ओभरमा १ सय १५ रन बनाउँदा अल आउट भयो । पाकिस्तानका ओभर युसुफले सर्वाधिक २४ रन बनाए । बलिङतर्फ अफगानिस्तानका फरीद अहमदले ३ तथा कइस अहमद र जहिर खानले २÷२ विकेट लिए ।
अब अफगानिस्तानले फाइनलमा भोलि शनिवार भारतसँग खेल्नेछ । आजै भएको पहिलो सेमिफाइनलमा बङ्गलादेशलाई हराउँदै भारत फाइनलमा पुगिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय