LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

बाँकेको नेपालगञ्जमा आज पनि निषेधाज्ञा कायमै छ । तर अवस्था सामान्य रहेको र चहलपहल बढेको छ ।

नेपालगञ्ज क्षेत्र शान्त बन्दै गएको प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले जानकारी दिनुभयो । उहाँले अवस्था हेरेर कर्फ्यु र निषेधाज्ञा दुवै हटाउने तयारी भइरहेको समेत बताउनुभएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार रातको समयका लागि जारी गरिएको कर्फ्यु कायमै छ । बिहान ६ बजेदेखि बेलुका ८ बजेसम्म निषेधाज्ञा लागू गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयले सूचना निकालेर बिहानदेखि बेलुकासम्म नेपालगञ्ज उपमहानगर ९पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरा रोडको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा सीमा नाका का चार किल्लाभित्र कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक वा प्रदर्शन वा पोस्टर, पर्चाजस्ता प्रचार सामग्री टाँस्न वा लेख नपाइने तथा हुलदङ्गा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा पाँच जनाभन्दा धेरै मानिस जम्मा हुन नपाउने जनाएको छ ।

त्यहाँ मङ्गलवार दिउँसो एक बजेदेखि लगाइएको कर्फ्यु अस्ति बिहीवारदेखि दिउँसोको समयमा हटाइएको थियो । विभिन्न अफवाह र हल्लाका पछाडि नलाग्न पनि जिल्ला प्रशासन कार्यालय बाँकेले अनुरोध गरेको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय