LIVE
एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष र वडा अध्यक्षनै रास्वपा  प्रवेश | लुम्बिनी प्रदेश सरकारको मन्त्रीपरिषद् पुनर्गठनका लागि सिफारिस | स्थापना दिवसको अवसरमा कपिलवस्तुमा फोटोवाक कार्यक्रम | सालझन्डीमा गुणस्तरीय सेवा सहित पाहुना घर सञ्चालनमा | एकला पहाडमा फोहोर व्यवस्थापन केन्द्र वनाउन रुख हटाउने सम्झौतामा हस्ताक्षर | दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गते सम्म सञ्चालन हुने | सैनामैनामा शैक्षिक गुणस्तर अभिवृद्धि गर्न १ करोड ६० लाख बराबरको आईसिटी सामग्री वितरण | रुपन्देहीमा १० लाख बढी मूल्य बराबको अवैध सामान बरामद | बुटवलमा नौंवटा कम्पनीका नौंसय ग्यास वितरण | मुख्यमन्त्री आचार्यले भदौ १ गते विश्वासको मत लिने |

बाँकेको नेपालगञ्जमा आज पनि निषेधाज्ञा कायमै छ । तर अवस्था सामान्य रहेको र चहलपहल बढेको छ ।

नेपालगञ्ज क्षेत्र शान्त बन्दै गएको प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले जानकारी दिनुभयो । उहाँले अवस्था हेरेर कर्फ्यु र निषेधाज्ञा दुवै हटाउने तयारी भइरहेको समेत बताउनुभएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार रातको समयका लागि जारी गरिएको कर्फ्यु कायमै छ । बिहान ६ बजेदेखि बेलुका ८ बजेसम्म निषेधाज्ञा लागू गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयले सूचना निकालेर बिहानदेखि बेलुकासम्म नेपालगञ्ज उपमहानगर ९पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरा रोडको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा सीमा नाका का चार किल्लाभित्र कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक वा प्रदर्शन वा पोस्टर, पर्चाजस्ता प्रचार सामग्री टाँस्न वा लेख नपाइने तथा हुलदङ्गा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा पाँच जनाभन्दा धेरै मानिस जम्मा हुन नपाउने जनाएको छ ।

त्यहाँ मङ्गलवार दिउँसो एक बजेदेखि लगाइएको कर्फ्यु अस्ति बिहीवारदेखि दिउँसोको समयमा हटाइएको थियो । विभिन्न अफवाह र हल्लाका पछाडि नलाग्न पनि जिल्ला प्रशासन कार्यालय बाँकेले अनुरोध गरेको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय