LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

 

बुटवल, १९ भदौ । झण्डै २५ सय बस ब्यबसायीहरु आवद्ध रहेको एवं ७ हजार ५ सय यातायात मजदुरहरुलाई रोजगारी प्रदान गर्न सफल पश्चिम नेपाल बस ब्यबसायी प्रालिले दुर्घटना न्यूनिकरण र सवारी ब्यबस्थापन प्रशिक्षणलाई तिब्रता दिएको छ । बढ्दो सवारी दुर्घटना न्यूनिकरणका लागि सवारी चालक तथा सहचालकहरुका लागि आवश्यक प्रशिक्षण र उनिहरुको स्वास्थ्य परिक्षण पनि आवश्यक रहेको सरोकारवालाहरुले बताएका छन् ।
चालकहरुलाई समय अनुकुल आवश्यक निति, नियम र ज्ञानसहित उनिहरुको तनाव ब्यबस्थापनतर्फ पनि ध्यान दिनुपर्ने कुरामा सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधीहरुले जोड दिएका छन् । सवारी दुर्घटना न्यूनिकरण तथा आन्तरिक ब्यबस्थापन सम्बन्धि अभियानलाई निरन्तर तिब्रता दिएको पश्चिम नेपाल बस ब्यबसायी प्रालिको आयोजनामा सम्पन्न चालक तथा सहचालक प्रशिक्षण कार्यक्रममा सहभागि बक्ताहरुले चालकहरुले आफ्नो स्वभाव र ब्यबहारमा परिवर्तन ल्याउनु पर्ने खाँचो पनि औंल्याए ।
प्रशिक्षण कार्यक्रममा राजमार्ग सुरक्षा तथा सवारी ब्यबस्थापन कार्यालय बुटवलका प्रहरी निरीक्षक सोभा पाण्डेले सवारी चालकहरू जिम्मेबार हुनुपर्ने कुरामा जोड दिईन् । सवारी चालकहरुले छिटो गन्तब्यमा पुग्ने र धेरै यात्रु चढाउने प्रतिस्पर्धा मात्रै नगरेर गुणस्तरीय चालक बन्ने प्रयास गर्न चालकहरुलाई आग्रह गर्दै निरिक्षक पाण्डेले सभ्य भाषा नम्र बोलीसहितको सेवानै अचुक औषधि भएको बताउदै उनले अपांग र आरक्षण सिट कार्यान्वयन गर्र्नुपर्नेमा जोड दिइन् । अधिकांस सवारी साधन फोहोर हुने गरेको भन्दै उनले आफुले दिनभर र रातभर चलाउने गाडी सफा छैन भने चालकको मनस्थिति कसरी सफा हुनसक्छ भनि प्रश्न गरिन् ।
पश्चिम नेपाल बस ब्यबसायी प्रालिका अध्यक्ष दधिराम खरेलले सवारी चालक, सहचालक, यात्रुहरु सबै जिम्मेबार भए दुर्घटना न्यूनिकरणमा टेवा पुग्नुका साथै बर्षेनी हुने धनजनको क्षति समेत कमगर्न सकिने बताए । सार्वजनिक सवारी साधन प्रयोगकर्ता सबैपक्ष जिम्मेबार हुनुपर्ने कुरामा जोड दिदै अध्यक्ष खरेलले नियमनकारी निकायपनि कतिपय अवस्थामा सामाजिक र ब्यबहारिक पक्षबाट दृष्टिकोण बनाउनु पर्ने बताए ।
कार्यक्रममा सुरक्षीत यात्रा नेपालका अध्यक्ष तथा यातायात मजदुर नेता कृष्णप्रसाद बेलबासेले चालक तथा सहचालकहरुले यात्रुहरुसँग नम्र ब्यबहार गर्नुपर्ने जोड दिदै दुर्घटना न्यूनिकरण र सवारी ब्यबस्थापनका लागि प्रा लिले जनचेतनामुलक कार्यक्रमहरुलाई निरन्तरता दिनुपर्ने बताए । पश्चिम नेपाल बस ब्यबसायी प्रालिका संचालक तथा सवारी दुर्घटना न्यूनिकरण तथा आन्तरिक ब्यबस्थापनका संयोजक नारायणप्रसाद घिमिरेले सवारी चालक तथा सहचालकहरुले आफ्नो सीप कला र दक्षता बढाउनुका साथै यात्रुहरुसँगको ब्यबहारमा सुधार ल्याउनु पर्ने आवश्यकता औल्याए ।
कार्यक्रममा नेपाल यातायात मजदुर संघ रुपन्देहीका अध्यक्ष नरबहादुर रजाली, सवारी दुर्घटना न्यूनिकरण तथा आन्तरिक ब्यबस्थापन समितिका सचिव जितेन्द्र खत्री, अधिकारकर्मी रीमा बिसी लगाएतले बढ्दो दुर्घटना न्युनिकरण र सरोकारवालाको भुमिकाबारे चर्चा गरेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय