LIVE
२१४ सुकुम्वासी परिवार सरकारको सम्पर्कमा, काठमाण्डाैका ३ बस्ती अतिक्रमणमुक्त | लुम्बिनी रोड रेसमा सेनाका खड्का र न्यौपाने विजेता | सैनामैनाका सूर्य बानियाले अमेरिकाबाट गरे सूचना सुरक्षामा पिएचडी, डिजिटल ट्रान्सफर्मेसनको क्षेत्र नेपालका लागि मार्गदर्शन बन्न सक्ने। | नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै | नारायणीमा तटबन्ध निर्माण तीव्र | बुटवलमा जीतगढी विजय उत्सव | दुधराक्ष देविस्थान खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको अध्यक्षमा खनाल | सिद्धबाबा तथा दुर्गा मन्दिर व्यवस्थापन समितिको अध्यक्षमा शिव घिमिरे | गौतमबुद्ध प्रेस क्लबद्वारा वार्षिक भित्ते पात्रो विमोचन | प्राकृतिक चिकित्सा केन्द्रको १४ औं बार्षिक साधारण सभा सम्पन्न |

 

कञ्चन

रुपन्देहीको कञ्चन गाउपालिका वडा नं.४मा सञ्चालित धरोहर वचत तथा ऋण सहकारी संस्था लि.मा बुधवार रात्रीको समयमा अज्ञात चोरहरुको समुहद्वारा सँस्थाको केन्द्रिय कार्यालयमा भएको चोरी भएको घटनाप्रति बिभिन्न संचार माध्यम प्रसारित समाचारहरुमा आएका बिभिन्न प्रतिक्रियाहरुको खण्डन गर्दै पत्रकार सम्मेलन गरिएको छ।

संस्थाको केन्द्रिय कार्यालय कञ्चन ४ भुपु सैनिक टोलमा गरिएको पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष पुष्पराज शर्माले यही बुधवार १७ गते रात्रीको समयमा अज्ञात समूहका चोरहरुले संस्थाको मुल गेटवाट प्रवेश गरि कार्यालयको च्यानल गेटमा लगाएको चावी तोडी संस्थाका व्यवस्थापकको कार्यकक्षमा गई सो स्थानमा रहेको स्टिल दराज तोडफोड गरेर सो दराजमा रहेको भल्ट (लकर) खोली नगद रु.२,५०,५०० (अक्षरुपी रु.दुई लाख पचास हजार पाच सय रुपैया) बाहेक संस्थाको कुनै पनि महत्वपुर्ण कागजातहरु सुरक्षित रहेको उल्लेख बताउनु भयो।

साथै ती अज्ञात चोरहरुले आफुले चोरी गरेको प्रमाण मेटाउने उदेश्यले सि.सि.टि.भि क्यामराको हार्ड डिक्स, ईन्टरनेटको पहुच पु्याउने चौविस पोर्टको म्यानेजेवल स्विच र सिसि क्यामराको सप्लाई डिभाईस समेत चोरी गरि लगेको घटनाले धरोहर साकोस अत्यन्त दुखित भएको अधयक्ष शर्माले बताउनु भयो।

उक्त घटना पछि विभिन्न सञ्चार माध्यमवाट प्रकासित तथा प्रसारित समाचारहरुमा ती अज्ञात चोरहरुले सहकारीका सवै कम्प्यूटर, ल्यापटप, तमसुक, लालपूर्जा लगायतका सामाग्रीहरु समेत चोरी भएको भन्ने भ्रमिक समचारहरु सम्प्रेषण भएकोमा धरोहर साकोसले प्रेस विज्ञप्ती मार्फत खेद प्रकट गरेको छ। सम्मेलनमा संचारकर्मीहरुले जिज्ञासाको प्रतिक्रिया दिदै अध्यक्ष शर्माले संस्थाका सम्पूर्ण कम्प्यूटर, प्रिन्टर, कागजपत्र लगायत चेकहरु समेत पूर्ण रुपमा सुरक्षित रहेको जानकारी दिदै शेयर सदस्यहरुले गरेको वचत र शेयर रकम पूर्ण रुपमा सुरक्षित रहेको र सामाजिक सञ्जालहरुमा आएको कुनै प्रकारका अनर्गल र दिग्भ्रमित प्रतिक्रियाहरुको पछाडी नलाग्न र निरन्तर रुपमा आफुले गरेका र गर्नुपर्ने सवै कारोवार नियमित रुपमा गनु समेत आग्रह गर्नु भएको छ।

धरोहर साकोसमा भएको अकल्पनिय घटनाको निकै सुक्ष्म रुपमा नेपाल प्रहरी र सुरक्षा निकायवाट अध्ययन–अनुसन्धान भईरहेको निकट भविष्यमा नै अपराधी पत्ता लागी कानुनि कारवाहि हुने कुरामा संस्था विश्वस्त रहेको बताउनु भयो।

यस घटना पश्चात साकोसलाई सहानुभुती, सहयोग, सद्भाव प्रकट गर्ने, सुरक्षा निकाय, सञ्चारकर्मी, सामाजिक व्यक्तित्व, सहकारी अभियान्ता, जनप्रतिनिधि र शेयर सदस्यहरु प्रति अध्यक्ष शर्माले आभार प्रकट गर्दै यस घटनाले साकोसलाई अझै जिम्वेवारी थपिदिएको महसुस गरिएको उल्लेख गर्नु भयो । पत्रकार सम्मेलन पछि प्रेसित विज्ञप्तीमा सुरक्षाका सवै अवयवहरु प्रयोग गर्दै कञ्चन गा.पा.को अव्वल सहकारी निर्माणको अभियानमा निरन्तर रहने कुराको अवगत गराउदै सदस्यूहरु निर्धक्क भई कारोवार गर्न र ढुक्क हुन समेत हार्दिक अपिल गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय