LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

डि यन के खनाल

इजरायलमा भएको आतङ्ककारी हमलामा घाइते भएका ९ मध्ये दुई जना नेपाली दूतावासको सम्पर्कमा आएका छन् । यद्यपि उनीहरूको हालसम्म उद्धार भने हुन सकेको छैन ।

गैर आवासीय नेपाली सङ्घ ९एनआरएनए० इजरायलका पूर्व अध्यक्ष दीपक ओलीले दाङका हिमाञ्चल कट्टेल र अर्का नेपाली प्रवीन डाँगी आफूहरूको सम्पर्कमा आएको बताए ।

उनीहरू बोल्न सक्ने अवस्थामा रहे पनि अन्य ७ जना भने बेहोस अवस्थामा रहेको ओलीले बताए । उनका अनुसार ७ जनालाई बङ्करमा छिर्नुअघि नै गोली लागेको जानकारी प्राप्त भएको छ ।

क्जष्खबm ऋझभलत
डाँगी र कट्टेलले ७ जनालाई बङ्करभित्र छिर्नुअघि नै आतङ्ककारीहरूले गोली हानेको रिपोर्टिङ गरेका छन् । ७ जनालाई गोली लागेको छ भने अहिलेसम्म उपचारविहीन अवस्थामा बङ्करमै छन् ।

घटनामा परेका नेपालीहरू इजरायल प्यालेस्टाइन सीमा क्षेत्रमा रहको गाजा क्षेत्रको कृषि फार्ममा कार्यरत रहेको खुलेको छ । फार युनिभर्सिटी अन्तरगतको कृषि फार्ममा उनीहरू प्राक्टिकल गर्नेहरू रहेको बताइएको छ ।

सो कृषि फार्ममा १७ नेपाली कार्यरत रहेको बताइएको छ । अन्य भने साइरन बजेसँगै बङ्करमा छिर्न भ्याएपछि जोगिएको बताइएको छ ।

घटनास्थलमा स्थानीय समयअनुसार बिहान ६ बजेतिर साइरन बजेको थियो । साइरन बजेको ६० सेकेन्डको टाइम बंकरमा पुग्नुपर्ने हुन्छ । तर बङ्करमा जाँदाजाँदै फिजिकलीरुपमै आएका आतंककारीले गोली हान्दा ७ घाइते भएका हुन् । तर, दुई जनालाई गोली लागेको छैन । उनीहरूलाई चोटपटक भने रहेको बताइएको छ ।

अहिले पनि घटना भएको क्षेत्र आतङ्ककारीकै नियन्त्रणमा रहेको बताइएको छ भने इजरायली सेनाले घटनास्थललाई नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । इजरायलस्थित नेपाली दूतावासले एनआरएनएसहितको समन्वयमा आवश्यक सम्पर्क स्थापितको प्रयास गरिरहेको छ। यद्यपि अहिलेसम्म घाइतेहरूले घटनाको ७ घण्टा बित्दा पनि उपचार भने पाउन नसकेको ओलीको भनाइ छ ।

यसैबिच बीबीसीका अनुसार दर्जनौँ इजरायलीहरूलाई प्यालेस्टिनी विद्रोहीहरूले इजरायली भूमिमा आक्रमण गरी कब्जामा लिएको अनुमान गरिएको छ । घटनामा कम्तिमा ४० जनाको मृत्यु भएको पुष्टि भइसकेको छ भने सयौँ घाइते भएको इजरायली अधिकारीहरूले बताएका छन् ।

घटनापछि इजरायलले पनि जवाफी कारबाही गरेको छ । जवाफी कारबाहीमा गाजा पट्टीमा करिब २०० जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय