LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |
A member of the security forces walks past an Israeli police station in Sderot after it was damaged during battles to dislodge Hamas militants who were stationed inside, on October 8, 2023. Israel’s prime minister of October 8 warned of a “long and difficult” war, as fighting with Hamas left hundreds killed on both sides after a surprise attack on Israel by the Palestinian militant group. (Photo by RONALDO SCHEMIDT / AFP)

इजरायलमा प्यालिस्टन विद्रोही हमासले गरेको आक्रमणमा १० जना नेपाली विद्यार्थी मारिएका पुष्टि भएको छ । इजराइलका लागि नेपाली राजदूतवासले १० जना नेपाली मारिएको पुष्टि भएको जानकारी गराएको हो । १७ जना विद्यार्थी रहेको क्याम्पभित्र हमास विद्रोहीले आक्रमण गरेकोमा एक जना अझै बेपत्ता छन् । चार जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

गएको भदौ १८ र १९ गते प्रयोगात्मक सिकाइका लागि इजरायल पुगेका उनीहरू सुदूरपश्चिम विश्वविद्यालयको कृषि सङ्कायका आठौँ सेमेस्टरका विद्यार्थी हुन् ।

ज्यान गुमाउनेहरूमा नारायणप्रसाद न्यौपाने घोडाघोडी–०४ कैलाली, गणेशकुमार नेपाली जयपृथ्वी–०६ बझाङ, आशिष चौधरी बौनिया–०३ कैलाली, दिपेशराज विष्ट लेकम–०५ दार्चुला, आनन्द साह सपही–०६ धनुषा, राजेशकुमार स्वर्णकार मधुवन–०१ सुनसरी, राजन फुलरा पाचनली–०३ डोटी, पदम थापा लमिखल–०८ डोटी, प्रवेश भण्डारी शारदा–०३ सल्यान, लोकेन्द्रसिंह धामी मालिकार्जुन–०४ दार्चुला रहेका छन् ।

सल्यानका विधान सेजवाल, दाङका प्रविन डाँगी, कैलालीका धनबहादुर चौधरी र गोरखाका हिमाञ्चल कट्टेलको उपचार भइरहेको छ । कञ्चनपुरका विपिन जोशी बेपत्ता छन् । सल्यानका प्रमोद केसी र कैलालीका वीरेन्द्र चौधरी सुरक्षित रहेका दूतावासले जनाएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय